अर्घाखाँचीमा लकडाउनको उल्लंघन बढेको भन्दै कडाई गरिने, प्रहरीले थाल्यो कारबाही

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा लकडाउनको उल्लंघन बढेको भन्दै कडाई गरिने भएको छ । 
जिल्ला प्रशासन कार्यालयका अनुसार कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयले दिएको निर्देशन अनुसार जिल्लामा कडाई गरिने भएको हो । 
अर्घाखाँचीमा पछिल्लो समय सवारी साधनको चाप बढेको र लकडाउन खुकुलो भएको गुनासो बढेको छ ।
गृहको परिपत्रलगत्तै अर्घाखाँचीमा प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई कारबाही पनि थालेको छ । केही दिन यता स्थानीय तहहरुले आ–आफ्ना क्षेत्रमा बस्नेहरुलाई काठमाडौंबाट लगिरहेका छन् । भने सिमाबाट १२९ जना अर्घाखाँचीबासी आएका छन् ।  

अन्य समाचारहरु