अर्घाखाँचीमा बाहिर आउने सम्पूर्ण सवारी साधनलाई रोक, लकडाउनमा उच्च कडाई

सन्तोष के.सी 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा बाहिर आउने सम्पूर्ण सवारी साधनलाई रोक लगाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेका अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पास बिना अर्घाखाँची जिल्लामा आउने कुनै पनि सवारी साधनलाइ बैशाख १६ गते विहान ६.०० वजे देखि पूर्णरुपमा निषेध गरिने भएको हो । 
यस्तै अर्घाखाँची जिल्लामा लकडाउनको उल्लंघन बढेको भन्दै उच्च कडाई गरिने भएको छ । 
जिल्ला प्रशासन कार्यालयका अनुसार कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयले दिएको निर्देशन अनुसार जिल्लामा कडाई गरिने भएको हो । 
अर्घाखाँचीमा पछिल्लो समय सवारी साधनको चाप बढेको र लकडाउन खुकुलो भएको गुनासो बढेको छ ।
गृहको परिपत्रलगत्तै अर्घाखाँचीमा प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई कारबाही पनि थालेको छ । केही दिन यता स्थानीय तहहरुले आ–आफ्ना क्षेत्रमा बस्नेहरुलाई काठमाडौंबाट लगिरहेका छन् । भने सिमाबाट १२९ जना अर्घाखाँचीबासी आएका छन् ।  

अन्य समाचारहरु