बुटवलबाट ८ वटा बसमा अर्घाखाँचीबासीहरुलाई ल्याउने तयारी स्थगित

अर्घाखाँचीडट्कम संवाददाता 
बुटवल (अर्घाखाँचीडट्कम) । बुटवल (अर्घाखाँचीडट्कम) । रुपन्देहीमा लकडाउनका कारण समस्यामा परेका जिल्लाबासीलाई अर्घाखाँची ल्याउने तयारी   स्थगित भएको छ । अन्तिम समयमा स्थगित गरेपछि सयौं यात्रु चढेका गाडी, यात्रु झारेर चौकी लगिएको छ ।  
रुपन्देहीमा लकडाउनका कारण समस्यामा परेका जिल्लाबासीलाई आज साँझसम्म ८ वटा बसमा अर्घाखाँची भित्राउने तयारी भएको थियो । बुटवलबाट आउनेमा ३०० बढी हुने अनुमान गरिएको थियो ।  
रुपन्देहीमा रहेका विधार्थी, व्यापारी र मजदुरहरुलाई भित्राउन जिल्ला प्रशासनले पास दिएको जनाइएको थियो । 
८ वटा बसमा अर्घाखाँची लैजान जिल्लाका तेजेन्द्र शमशेर पाण्डे, राजन अधिकारी, शिवदेव पाण्डे लगायतका युवाहरुले पहल गरेका थिए ।   

अन्य समाचारहरु