अर्घाखाँचीडट्कम संवाददाता
बुटवल, सन्धिखर्क, काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ४ खन नुगाली टोलाका एक विरामी युवालाई भैरवा र भरतपुरका अस्पतालले उपचार नगरी दुर्व्यवहार गरेका छन् ।
मालारानी गाउँपालिका ४ खन नुगाली टोलाका विरामी राम प्रसाद रिजाललाई भैरवा मेडिकल कलेज र मेडिकल कलेजले उपचार नगरी दुर्व्यवहार गरेका छन् ।
गिरिराज खनालले अर्घाखाँचीडट्कमलाई बताए अनुसार सुनौली नौतुना क्वारेन्टाइनमा २७ दिन बसेर गृह्जिल्ला राम प्रसाद रिजाललाई मालारानी गाउँपालिकाले पुन: क्वारेन्टाइनमा राखेको थियो । शरीर झम्झमाउने, टाउको दुखेपछि स्थानिय स्वास्थ्यकर्मी डाक्टर भविश्वर खनालले हिजो बिहीवार १० बजे सामान्य चेक जाच गर्दा उच्च ब्लड प्रेसर भएकोले तुरुन्त एम्बुलेन्स बोलाई भैरवा मेडिकल कलेजमा रिफर गरिएको थियो ।
भैरवा मेडिकल कलेजले सिटीस्कॅनको रिपोर्ट हातमा थमाउदै आयुसुलेसन वार्ड र आयुसियु खाली नभएको भन्दै हिजो बिहीवार साँझ ६ बजे भरतपुर पुरानो मेडिकल कलेजमा रिफर गरेको थियो ।
फेरी भरतपुर मेडिकल कलेजमा आज शुक्रबार ५ बजे पुगेपछि रिपोर्टहरु हेर्ने काम भयो । रिपोर्टहरु हेर्ने क्रममा भारतबाट आएर क्वारेन्टाइनमा बसेको थाहा पाएपछि बिमारी नै चेकजाच नगरिकन गार्ड लगाएर दुर्व्यवहार गर्दै गेट बाहिर निकालिएको थियो । भरतपुर मेडिकल कलेजले झपार्दै अन्त कतै जानुस् भन्दै गार्ड लगाएर एम्बुलेन्स बाहिर निकाल्न लगाइएको थियो ।
रुपन्देही र भरतपुर दुर्व्यवहार परेपछि उनका भाई कृष्ण रिजालले विरामी राम प्रसाद रिजाललाई काठमाडौंको वीर अस्पतालमा लगेर भर्ना गरेका छन् । उनको स्वास्थ्य अवस्थ्यामा सुधार आएको छ । चेकजाच गरेका रिपोर्ट अझै आएको छैन् ।