अर्घाखाँचीमा फलफुल तथा तरकारी व्यवसायीले लकडाउनको मौका छोपेर यसरी लुटे

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा १०, ११ टन तरकारी भित्राएको अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समितीले ठुलो रकम अनमियता गरेको छ । 
बिलमा भिन्नता यस्तो छ:
समितीका तर्फबाट तरकारी किन्न गएका व्यवसायीहरुको मिलोमतोमा हरेक तरकारीमा  १० देखि १३ रुपैयासम्म नाफा खाएर लकडाउनको मौका छोपेर उपभोक्ताहरुलाई लुटेका हुन् । 
थोरै तरकारी भित्राएको जीवन फलफुल डिपोले  अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समितीको भन्दा लगभग आधा मुल्य सस्तोमा तरकारी भित्राएको छ ।     
पछिल्लो पटक सन्धिखर्कको जीवन फलफुल डिपोले लोड गर्दा सबै खर्च सहित ८८४ केजी टमाटर १७ रुपैयामा लिएको छ भने अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समिती समुहले २५ रुपैयाको बिल गराएको छ । जीवन फलफुलले जम्मा ८८४ केजी टमाटरलाई लोड गर्दा एवम सबै खर्च गरी १७ रुपैयामा लिएको छ, जुन समितिको भन्दा ७ रुपैया सस्तो हो । 
उता ८ हजार केजी टमाटर ल्याएको अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समितीले टमाटर ११ रुपैया केजीमा लिएको एक जना व्यापारीले नाम नबताउने, नलेख्ने सर्तमा जानकारी दिएका छन् ।   
अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समिती समुहले कपिलवस्तुको बुद्दभुमीमा किनेको सबै तरकारीमा अत्याधिक 
नाफा निकालेर  कारोबार गर्दा पनि सम्वन्धित निकाय मौन छ । 
तराईमा तरकारी बिक्री नभएर फाल्ने अवस्था रहेको नाम नबताउने, नलेख्ने अनुरोध गरेका ति व्यवसायीले बताए । 
अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समितीले २ लाख ७२ हजार ५ सयको तरकारी  वैशाख १८ गते विहीवार भित्रिएको थियो ।  समितीले  ८ हजार केजी टमाटर २५ रुपैयामा, भिन्डी २० केजी ६५ रुपैयामा, मुली २९० केजी २० रुपैयामा, गाजर १६० केजी ३३ रुपैयामा, काँक्रो ३३० केजी ४० रुपैयामा, बोडी ३१० केजी ६० रुपैयामा, करेला १८५ केजी ६० रुपैयामा, लौका १२० केजी ३० रुपैयामा, फर्सी ११० केजी ३० रुपैयाका दरले खरिद गरिएको थियो  । 
अझ लाज नमानी अर्घाखाँची चेम्बर अफ कमर्स भन्ने समुहले अर्घाखाँची जिल्लामा कालाेवजारी भएकाे भनेर केही व्यक्तिले भ्रम फैलाएको भन्दै प्रेस बिज्ञप्ती जारी गरेको थियो ।  
अर्घाखाँची जिल्लाभरका जन-प्रतिनिधि, नेताहरु, व्यापारी, ठेक्दारहरुको मिलोमतोमा वार्षिक अरबौ  रुपैया अनमियता भएका समाचारहरु बाहिर आईरहेका देखिन्छन् । जसको कारण जिल्लाभरका पेट्रोल पम्पमा पानी हालेर बेच्ने व्यापारीदेखि जन प्रतिनिधि, नेताहरु, ठेक्दारहरुले महङा कार चढ्नेदेखि सन्धिखर्क, बुटवल, काठमाडौं महल खडा गरेका छन् । 

अन्य समाचारहरु