अर्घाखाँची जिल्ला अस्पतालमा स्वाब संकलनको लागि एटियम बुथ (तस्बिर सहित)

दीपक भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अबदेखि आरडीटी पोजेटिभ आएमा आएपछि पनि पीसीआर स्वाब नमुना संकलन अर्घाखाँची जिल्लामा नै गरिने भएको जिल्ला अस्पताल अर्घाखाँचीका मेडिकल  अफिसर तथा प्रमुख डा. कपिल गौतमले अर्घाखाँचीडट्कमलाई बताउनु भएको छ । 
स्वाब संकलनको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा नै एटियम बुथ तयार भएका छन् । 
गौतमले अर्घाखाँचीडट्कमलाई बताए अनुसार र्‍यापिड डाइगोनिस्टिक टेस्ट (आरडीटी) मा पोजेटिभ आएमा एटियम बुथबाट पीसीआर स्वाब नमुना संकलन गरी प्रदेश स्तरीय प्रयोगशाला बुटवलमा पठाईनेछ ।
गौतमका अनुसार अब यो सँगै कोरोना पोजेटिभ आएका विरामीलाई जिल्ला बाहिर जान नपर्ने भएको छ । पीसीआर पोजेटिभ आएमा जिल्लामा राखिने छ ।
साथै जिल्ला अस्पताल अर्घाखाँचीबाट लकडाउन शुरु भएदेखि अहिलेसम्म २ हजार बढीले ओपिडी सेवा लिएको बताइएको छ । 
उता जिल्लाभरका क्वारेण्टाइनमा रहेका २६ जनाको र्‍यापिड डाइगोनिस्टिक टेस्ट (आरडीटी) बाट नतिजा नेगेटिभ आएको छ । जिल्लामा स्वास्थ्य सामाग्री १ हप्ताको लागि रहेको सबैलाई सहयोग गर्न प्रमुख डा. कपिल गौतमले बताउनुभयो ।
 
जिल्लाभर हालसम्म क्वारेण्टाइनमा रहेकाहरुको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) बाट नतिजा नेगेटिभ आएको छ । यस्तै संक्रमण फैलिहालेको अवस्थामा जिल्लामा पूर्वतयार अवस्थामा रहेको गौतमले बताउनु भयो ।

अन्य समाचारहरु