अस्ताए बुद्धि रायमाझी, शोकमा डुब्यो अर्घाखाँची

२०७७ वैशाख २२, सोमवार मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) २०७७ वैशाख २२, सोमवार । कम्युनिस्ट आन्दोलनका नेता तथा पुर्व शिक्षक  बुद्धि बहादुर रायमाझीको ६९ वर्षको उमेरमा भएको दुखद निधनले अर्घाखाँची जिल्ला शोकमा डुबेको छ । अर्घाखाँचीले एक कुशल सामाजिक एवं शैक्षिक व्यक्तित्त्व तथा अभिभावक गुमाएको महसुस गरेको छ ।
अर्घाखाँचीको कम्युनिस्ट आन्दोलनका नेता,  नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीका प्रभावशाली नेता तथा  श्री भगवती माध्यमिक विद्यालय कुर शंखेटारीका  पुर्व शिक्षक  बुद्धि बहादुर रायमाझीको फाेक्साेकाे क्यान्सरका कारण सोमबार अपरान्ह ३ बजे काठमाडौमा दु:खद निधन भएको थियो । उहाँको लामो समयदेखि काठमाडौमा उपचार चलिरहेको थियो।
रायमाझीको निधनको समाचार आएपछि अर्घाखाँचीका शैक्षिक, राजनितिक, सामाजिक लगायत उहाँले पढाएका कुर शंखेटारीका विधार्थीहरुदेखि सबै क्षेत्र- तहका व्यक्तिहरु स्तव्ध, मर्माहत भएको भन्दै सामाजिक संजाल मार्फत दु:ख व्यक्त गरेका छन् ।
समाजको सकारात्मक परिवर्तनका लागि आजीवन क्रियाशील, सामाजिक एवं शैक्षिक व्यक्तित्त्व आदरणीय सर एवं पारिवारिक हिसाबले पनि हाम्रा अभिभावक, पिताजीका आत्मीय सहकर्मी मित्र श्री बुद्धि रायमाझीको निधनले अत्यन्तै स्तब्ध भएका छौँ, भन्दै सामाजिक संजालमा दु:ख, श्रद्धाञ्जली व्यक्त भईरहेका छन् ।
यस्तै रायमाझीको निधन प्रति नेकपा अर्घाखाँचीले गहिरो दुख ब्यक्त गरेको छ । नेकपाका अध्यक्ष चेतनाराय आचार्य, सचिब ठाकुर कुमार बिकले उहाको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको भन्दै दुख ब्यक्त गर्नु भएको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा १३ बर्ष जेल जीवन बिताउनु भएका पुर्ब शिक्षक बुद्धि बहादुर रायमाझीको लामो समयदेखि फाेक्साेकाे क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । 
क्यान्सर भएपछि भारतमा लामो समय करिव १५ लाख रकम खर्चेर उपचार गरेपनी निको नभएपछि रायमाझीलाई नेपाल ल्याईएको थियो । भारतबाट आएपछि आफ्नै देशमा उपचार गर्न रायमाझी काठमाडौं पुग्नु भएको थियो । काठमाडौंमा उपचार गराईरहेका रायमाझीको सोमबार दिउसो सभा तिन बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको थियो । रायमाझीको पार्थीक शरिरलाई मंगलवार काठमाडौंको पशुपती  आर्यघाटमा नै अन्तिम दाहासंस्कार  गरिने भएको छ ।

रायमाझीको जिवनी
सन्धिखर्क नगरपालिका वार्ड नम्बर- २ संखेटारी निवासी रायमाझीको जन्म २००७ साल चैत्र १ गते (14 March , 1951)  भएको थियो ।
रायमाझीले सन्धिखर्कको श्री भगवती माध्यमिक विद्यालय कुर शंखेटारीमा लामो समय अध्यापन गर्नु भएको थियो । उहाँ चर्चित हर्रेबर्रे काण्डका एक अगुवा पनि हुनुहुन्थ्यो । तत्कालीन नेकपा एमाले केन्द्रिय स्कुल बिभाग सदस्य रहेका रायमाझी पछिल्लो समय  प्रगतिशिल लेखक संघ जिल्ला अध्यक्ष, जेष्ठ नागरिक जिल्ला अध्यक्ष लगायत धेरै संघ संस्थामा आवद्ध थिए ।
लुम्बिनी अन्चल नेपाल कम्युनिस्ट पार्टीको निर्णय अनुसार २०३० साल फागुन २८ गते रायमाझी सहित अन्य कम्युनिस्ट नेताहरू अर्घाखाँचीको सिद्दारा बर्रे संघर्ष काण्डमा उत्रिएका थिए । त्यहि काण्डको बिषयलाई लिएर रायमाझीले १४ बर्ष आफ्नो जेल जिवन बिताउनु पर्यो । २२ बर्षको उमेरमा जेलमा परेका रायमाझीले जेल भित्रै अध्यन गरि स्नातक पास गरे । १४ बर्ष जेल छुटेर आएपछि रायमाझी अझ पार्टीको हितमा योग्य कर्मठ खम्बा भएर उभिए । पार्टीलाई जहाँ अप्ठ्यारो परेको छ त्यहि ठाँउमा म जान्छु भनेर पार्टीको काममा खट्ने प्रभावशाली नेतालाई गुमाउनु परेको रायमाझीका अत्यन्तै सहपाठी मित्र नेकपाका नेता नरेन्द्र क्षेत्रीले बताए । पदिय भन्दा पनि काममा बिश्वास गर्ने रायमाझीको बानी रहेको नेता क्षेत्रीले बताए ।
तत्कालीन शासकका बिरुद्द तथा जनताको न्याय मुक्ति एव लोकतन्त्र प्राप्तिको लागि राजनैतिक बन्दिको रुपमा १३ बर्ष जेल बस्नु भएको थियो ।  जेल बसाई कै क्रममा निरंकुशताको बिरुद्द सङठित हुँदै गर्दा कठोर मेहनेत गरेरे उच्च शिक्षा प्राप्त गर्नुभयो ।
आफ्नो जिवनलाइ कम्युनिस्ट क्रान्तीलाई समर्पण गर्नुभएका रायमाझी अर्घाखाँची सन्धिखर्क निवासी इमान्दार बौदिक एव पुराना कर्मठ कम्युनिस्ट नेताको रुपमा समाज तथा आम पार्टी कार्यकर्ता बिच लोकपृय हुनुहुन्थ्यो ।
काठमाडौ स्थित नख्खु भद्र्गोल जेलमा रहदा बर्तमान प्रधानमन्त्री केपी ओली लगायतका उच्च नेताहरुसग सम्पर्कमा आउनुभएका रायमाझीले आफ्नो जिवनमा पार्टीको तर्फबाट न त कुनै लाभको पदमा रहनुभयो न त पार्टी पङ्तीको लागि कुनै सम्झौता पनि गर्नुभएन जसले गर्दा उहाँ स्वच्छ छबि भएका कम्युनिस्ट नेताको रुपमा हुनुहुन्थ्यो ।
जिल्लामा पुराना अङ्ग्रेजी बिषयमा राम्रो दखल राख्ने अङ्ग्रेजी शिक्षकको रुपमा पनि उहाँ परिचित हुनुहुन्थ्यो । उहाँका अर्घाखाँचीमा कम्युनिस्ट पार्टीको स्थापना र बिकास तथा बर्रे संघर्ष र हाम्रा भोगाई नाम राजनैतिक कृति प्रकाशित छन् भने मुलधारका पत्रीकाहरुमा समसामयिक सामाग्री प्रकाशित हुँदै आएका थिए ।
स्व. रायमाझीका श्रीमती र १ छोरा २ छोरी छन् । श्रीमती बिजुला रायमाझी कुर संखेटारीमा अध्यापन अध्यापन गर्नुहुन्छ ।


अन्य समाचारहरु