अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा २५६४ औँ बुद्धजयन्तीको अवसरमा दीप प्रज्वलन गरिएको छ ।
लकडाउनका कारण सानो भेला भएर २५६४ औँ बुद्धजयन्तीको अवसरमा सन्धिखर्कको शान्ति बगैचामा रहेको बुद्धको मुर्तिमा दीप प्रज्वलन गरिएको हो ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले दिप प्रजनन गर्नु भएको थियोे । दीप प्रज्वलनमा बुद्धका अनुयायीहरुको सहभागीता रहेको थियोे ।
उता २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे सबै नेपालीले घर – घरमा दीप प्रज्वलन गर्दै छन् ।