अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँचीडट्कम । नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) अर्घाखाँचीले सोही महिला संगठनको केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बिजुला रायमाझीको जिवन साथी नेपाली बामपन्थी आन्दोलनका नेता, जनता र राष्ट्रको मुक्तिका निम्ति पञ्चायती निरंकुश व्यवस्थाको विरोधी एक योद्धा बुद्धिबहादुर रायमाझीको निधन प्रति दुख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ ।
अखिल नेपाल महिला संघ (अनेमसंघ) अर्घाखाँचीले मंगलबार रायमाझीको निधनमा एक शोक वक्तव्य जारी गर्दै राजनीतिक तथा सामाजिक परिवर्तनका लागि रायमाझीले निभाउनु भएको महत्वपूर्ण भूमिकाहरु पार्टी र संगठनका लागि मार्गदर्शक बनेको चर्चा गरेको छ ।
पञ्चायती निरंकुश व्यवस्था विरुद्धको लडाईमा १३ वर्षको कठोर जेल जीवन बिताएको तर नझुक्ने योद्धाका रुपमा रायमाझीको योगदानको शोक वक्तव्यमा उल्लेख छ ।
अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय सदस्य छमकुमारी खनाल (चिनारी), केन्द्रिय सदस्य तथा फ्याक्सन सहईन्चार्ज कमला भण्डारी (भुसाल) र निवर्तमान अध्यक्ष विष्णुमाया आचार्यको संयुक्त हस्ताक्षरित शोक व्यक्तव्यमा उल्लेख छ, निरङ्कुशता विरोधी अनवरत संघर्षका योद्धा बुद्धिबहादुर रायमाझीको असामायिक, अकल्पनिय निधनले हामी र हाम्रो पार्टीलाई मर्माहत र स्तब्ध तुल्याएको छ यस घडिमा सम्पूर्ण आफन्त तथा पारिवारजनमा गहिरो दुःख एवं सहानुभूति प्रकट गर्दै समवेदना व्यक्त गरेको छ ।