अर्घाखाँचीडट्कम संवाददाता
वाङला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ (साबिक वाङला गाबिस) को स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स धेरै पुरानो हुँदा समस्या परेको छ ।
वाङलाको स्वास्थ्य चौकीमा रहेको लु १ झ २४० एम्बुलेन्स धेरै पुरानो हुँदा समस्या परेको हो । उक्त एम्बुलेन्स २०५२ सालमा लिएको हो र जिल्लाको नै पहिलो एम्बुलेन्स हो । उक्त पुरानो एम्बुलेन्स गत वर्ष वाङला स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो ।
पुरानो एम्बुलेन्स बिग्रिएर सेवा दिन नसक्ने अवस्थामा पुगेको छ । केहि दिन अघि वाङलाका अमिर खानले आफ्ना बिरामी भतिजलाई लिएर बुटवल जाँदा मुर्गियामा उक्त एम्बुलेन्समा समस्या आएको थियो ।
मानब स्वास्थ्यको लागि सम्बेदनशिल मानिएको एम्बुलेन्स नै यति जिण अवस्थामा राख्नु जनप्रतिनिधिहरु अति लाचार पन देखिन्छ . ! जिल्ला समन्वय समितिको सभापति पनि वाङला निवासी पिताम्बर भुसाल शर्मा हुनु र उहाले आफ्नो ठाउँ यति पुरानो एम्बुलेन्स हस्तान्तरण गर्नु अति दु:खद देखिन्छ, भन्छन् स्थानियबासीहरु ।
बेला बेलामा बिग्रिने यो एम्बुलेन्स बिरामी लिएर जाँदा समयमा पुग्न नसक्दा उपचारमा ढिलाइ भएका कारण ज्यानसमेत जाने जोखिम बढेको छ ।
उता उक्त एम्बुलेन्स आएको दिन देखि अत्यधिकले सामाजिक सन्जालमा पुरानो पितृ भनेर बिरोध् गरेका थिए, अब तत्काल वाङलाका जनप्रतिनिधिले उक्त पुरानो रहेको एम्बुलेन्स सेवा बन्द गरि नयाँ तथा स्तरिय एम्बुलेन्स प्रतिस्थापन गर्ने पर्ने जरुरी छ साथै उक्त जिङ पुरानो एम्बुलेन्स प्रयोग गर्दा सचेत हुनु पर्छ भन्ने वाङ्लाबासीको माग छ ।