अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका, सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकाका क्वारेन्टाइनमा बसेका ११९ जनाको पीसीआर, आरडीटी नेगेटिभ आएको छ ।
मालारानी गाउँपालिकामा ९२ जना, सन्धिखर्क नगरपालिकामा २० जनाको पीसीआर र शितगंगा नगरपालिका वार्ड नम्बर ११ को क्वारेन्टाइनमा बसेका ७ जनाको आरडीटी नेगेटिभ आएको हो । सन्धिखर्क मालारानीका ११२ जनाको पीसीआर चेकको लागि क्षेत्रीय स्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।
उनिहरु सुनौलीको नौतुना क्वारेन्टाइनमा बसि अर्घाखाँची आएर पुनः १४ दिन क्वारेन्टाइनमा बसेका थिए । उनिहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी घरमा पठाइएको छ ।
साथै मालारानी गाउँपालिकामा १ जना चेक अप गर्न समयमा उपस्थित नहुँदा पाणिनी गाउँपालिका पुगेर अर्को दिन नमुना संकलन गरेकोले रिपोर्ट आउन बाँकी रहेको छ ।
शितगंगा नगरपालिकामा ७ जनाको आरडीटी नेगेटिभ
यस्तै जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको क्वारेन्टाइनमा रहेका ७ जनाको -र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) नेगेटिभ आएको छ ।
सिद्धाराको बुद्ध प्रबि लुङ्री क्वारेन्टाइनमा रहेका ७ जनाको -र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) नेगेटिभ आएको हो ।
उनिहरुलाई घरमा सेल्फ क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको वडाअध्यक्ष काेपिलाचन्द आलेले बताउनुभयो ।
रिपोर्ट नेगेटिभ आएपछि मालारानी गाउँपालिका खनदहबाट बिदाई हुदै