अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बेल्वासेको काठमाडौंमा सरूवा

अर्घाखाँची डट्कम
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेको काठमाडौं जिल्ला प्रशासनमा सरूवा भएको छ ।
 सिद्धाराको बर्रेमा जन्मिनु भएका बेल्बासे अर्घाखाँची जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी, सुचना अधिकारी तथा प्रवक्ताको भुमिका निर्वाह गर्दै आउनु भएको थियो ।
सुचना अधिकारीको रूपमा रहेर गतिविधि तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपुर्ण भुमिका रहेको थियो ।
अर्घाखाँचीमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन खेल्नु भएको भुमिका र देखाउनु भएको तदारुकता बेल्बासेलाई
राष्ट्र सेवकको आगामी यात्रा सफल रहोस भनि जिल्ला बासी तथा सुभचिन्तकहरुले शुभकामना दिएका छन ।
 

अन्य समाचारहरु