अर्घाखाँचीमा मसालद्वारा भारतले नेपाली भूमि अतिक्रमण गरेको विरुद्ध विरोध प्रदर्शन (भिडियो, तस्बिर सहित)
बैशाख ३१ गते, २०७७ मा प्रकाशित
बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । भारतले नेपाल सरकारसँग सरोकारै नराखी नेपाली भूमी हुँदै चीनको मानसरोवर जाने बाटो निर्माण गरेको विरोधमा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेकपा मसाल अर्घाखाँचीले विरोध प्रदर्शन गरेको छ ।
कालापानी,लिपुलेक,लिम्पियाधुरा,लगाएत विभिन्न ठाउँमा भारतले नेपाली भूमि अतिक्रमण गरेको विरुद्ध तथा राष्ट्रियताको रक्षार्थ यो सरकारको ध्यानाकर्षण गर्न आम नेपालीको एकताको निम्ति नेकपा मसाल अर्घाखाँचीले सन्धिखर्कमा कोण सभा सम्पन्न गरेको हो ।
भारतले नेपाली भुमी हुँदै चिन जोड्ने सडक निर्माण गर्दा समेत नेपाल सरकार कुम्भकरण झै सुतेर बस्नु आम नेपालिहरुको लागि दु:खद भएको र खोसिएको भूमि फिर्ता गर्न सबै नेपाली एक जुट हुनुपर्ने मसालका जिल्ला प्रवक्ता पशुपती ढकाल बताउनु भयो ।