काठमाडौं । नेपालमा बिहीवार विहान थप ७ जनामा कोरोना संक्रमण पूष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जन स्वाथ्य प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परिक्षणमा काठमाडौ जिल्ला चन्द्रागिरी नगरपालिका ३२ वर्षी पुरुष र कपिलवस्तु जिल्लाका ६ वर्षिय बालिकामा कोरोना परिक्षण पूष्टि भएको हो ।
यसैवीच मन्त्रालयले बिहीवार नै सर्लाही, धनुषा र महोत्तरी जिल्लाका थप ५ जनामा कोरोना संक्रमण पूष्टि भएको बताएको
यसअघि पहिलो पटक काठमाडौं र भक्तपुर जिल्लाका एक एक जनामा कोरोना संक्रमण पूष्टि भइसकेको छ ।
संक्रमण पूष्टि भएका सवैको स्वास्थ्य अवस्था सामान्य रहेको उक्त मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ ।