श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची जेठ १ – अर्घाखाँची जिल्लाभर सञ्चालनमा रहेका सम्पुर्ण बैंकिङ्ग,बित्तिय तथा बिमा सेबाहरु बन्द हुने भएका छन ।
कोरोना भाईरसको संक्रमणबाट जिल्लालाई सुरक्षीत राख्न भन्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आज दिउँसो १ बजेदेखी यहि जेठ ५ गते सम्मका लागि बन्द गर्न निर्देशन दिएको हो ।
प्रशासनले उक्त अबधिमा अति जरुरी सेबा प्राप्त गर्नुपरेको खण्डमा जिल्ला प्रशासन कार्यालयको फोन नं.०७७-४२०१३३ र मोबाईल नम्बर ९८५७०६४४५० मा समन्वय गरी सम्बन्धित बैंक,बित्तिय संस्था र बिमा कम्पनि मार्फत सेबा प्रात्त गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो ।