अर्घाखाँचीका सबै दल कोरोना विरुद्ध लड्न एकमत हुदैँ सर्वपक्षिय बैठक सम्पन्न गरे

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको जिल्ला सदरमुकाम सन्धिखर्कमा कोरोनाविरुद्ध लड्न सबै दल एकमत हुदैँ सर्वपक्षिय बैठक सम्पन्न गरेका छन । 
छिमेकी जिल्ला कपिलवस्तु र रुपन्देहीमा कोरोना भाइरसको संक्रमण बढीरहदा अर्घाखाँची पनि अति उच्च जोखिममा रहेको भन्दै आज सन्धिखर्कका बसेको सर्बपक्षिय बैठकले विविध निर्णय गरेको छ ।
आज बसेको सर्वपक्षिय बैठकले हाललाई अर्घाखाँचीका तिन स्थानिय तह सन्धिखर्क नगरपालिका, सितगङ्गा नगरपालिका र छत्रदेव गाउँपालिकामा आईसोलेशन कक्ष निर्माण गर्ने, डोहोटेमा रहेको हेल्थ डेस्क हटाउने, यो समय भन्दा पहिला जसरी सुरक्षाकर्मी राखिएको थियो । 
त्यसैलाई यथावत राख्ने, सञ्चारकर्मी सुरक्षाकर्मी, जनप्रतिनधि तथा फस्टलाईनमा काम गर्नेको पिसिआरबाट चेक गर्ने, स्वास्थ्य साम्रगि प्रयाप्त ल्याउन पहल गर्ने, कोरोना जोखिमयुक्त क्षेत्रबाट आएका व्यत्ति लाई क्वारेन्टाइन राख्ने, सबै क्षेत्र बाट सबै पुर्ण रूपमा कोराना नियन्त्रणमा लाग्ने कोहि पनि मानिस बाहिरबाट आएमा अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा रहनु पर्ने, सामाजिक दुरि कायम गरि कृषि कार्य गर्ने जस्ता महत्वपुर्ण निर्णय गरेको छ ।

अन्य समाचारहरु