सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ अर्घाखाँचीले लकडाउन अवधी घरभाडामा छुट दिन माग गरेका छन् ।
होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ अर्घाखाँचीले लकडाउन अवधी सबै व्यापार बन्द भएका कारण घरभाडामा छुट दिन माग गरेका हुन् ।
यस्तै उनिहरुले बैंकको ब्याज तिर्न नसक्ने बताएका छन् । सोको लागि प्याकेज कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् ।
लकडाउनका कारण २ महिनादेखि सन्धिखर्क बजार ठप्प छन् ।