भुमिकास्थान नगरपालिका वार्ड नं ३ का वडाअध्यक्ष बन्जाडेलाई पुत्रशाेक, पुर्ब शिक्षक डोर बहादुर भुसालको निधन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं ३ का अध्यक्ष बालकृष्ण बन्जाडेलाई पुत्रशाेक परेकाे छ ।
बन्जाडेका जेष्ठ सुपुत्र कमल बन्जाडेकाे शुक्रबार ४१ बर्षकाे उमेरमा हृदयघातका कारण अल्पआयुमा असामयिक निधन भएकाे हाे ।
बन्जाडेकाे शुक्रबार दिउसाे करिव पाैने १२ बजे आफ्नै घरमा हृदयघात भई जिल्ला अस्पतालमा उपचारकाे लागि ल्याईएकाेमा तत्कालै अस्पतालले मृत घाेषणा गरेकाे थियाे ।
मृतक बन्जाडेकाे सन्धिखर्क स्थित गच्छे घाटमा अन्तिम संस्कार गरिएको छ । यसअघि मृतक बन्जाडेकाे स्मृतिमा नेकपा अर्घाखाँचीले अस्पताल परिसरमै शाेक सभा गरकाे थियाे । बन्जाडेकाे पार्थिव शरिरमा नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य चेतनारायण आचार्य , नेकपा ५ न. प्रदेश सचिवालय सदस्य तथा प्रदेश सदस्य रामजी प्रसाद घिमिरे, जिल्ला सचीव तथा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक. भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापा, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले पार्टीको झन्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । 
बन्जाडे पुर्ब वाइसियल नेपाल ५ न. प्रदेश सदस्य , जिल्ला खेलकुद बिकास समितिका निबर्तमान सदस्य सामाजिक अभियान्ता तथा भुमिकास्थान नगरपालिका वार्ड  न. ३ का वडा अध्यक्ष बालकृष्ण बन्जाडेका जेष्ठ सुपुत्र हुन् । 
 पुर्ब शिक्षक डोर बहादुर भुसालको निधन
साथै सन्धिखर्क नगरपालिका वार्ड न. ९ स्थाइ घर भई हाल काठमाडौं सितापाइला बस्दै आउनु भएका सामाजिक ब्याक्तित्व तथा पुर्ब शिक्षक डोर बहादुर भुसालको ७३ बर्ष को उमेरमा उपचारको क्रममा निधन भएको छ । 

अन्य समाचारहरु