अर्घाखाँचीको महाभारत श्रृंखला पाणिनी लहरेंलेकमा रहस्यमय ढुङ्गा, प्राचीन गुफा फेला, हजार वर्ष बढी पुराना हुनसक्ने अनुमान (भिडियो सहित)
जेष्ठ ३ गते, २०७७ मा प्रकाशित
डिआरजी सुमन
लहरेंलेक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनीको महाभारत श्रृंखला अन्तर्गत लहरेंलेकमा ऐतिहासिक रुपमा सजाईएका रहस्यमय ढुङ्गा फेला परेका छन् ।
पाणिनीको महाभारत श्रृंखला अन्तर्गत लहरेंलेकको शीर्ष पत्थर क्षेत्रमा पाणिनी पर्यटन समाज अर्घाखाँचीले अवलोकन गर्ने क्रममा ऐतिहासिक रुपमा सजाईएका रहस्यमय ढुङ्गा फेला परेका हुन् ।
ऐतिहासिक रुपमा सजाईएका रहस्यमय ढुङ्गा १ हजार वर्ष बढी पुराना हुनसक्ने अनुमान गरिएको छ । यहाँ फेला परेका ढुङ्गा रहस्यमय तरिकाले सजाईएका देखिन्छन् । यहाँ पहिलो पटक पाणिनी पर्यटन समाज अर्घाखाँचीले अवलोकन गरेको हो ।
आश्चर्य रुपमा देखिने ति ढुङ्गा सयौका संख्यामा मिलाएर राखिएको छ । साथै यहाँ नम्बरहरु पनि लेखिएका देखिन्छन् ।
पाणिनी पर्यटन समाज अर्घाखाँचीका अदक्ष्य झबिन सुनामले महाभारत श्रृंखला अन्तर्गत लहरेंलेकको शीर्षमा फेला परेका आश्चर्यका ढुङ्गा र यस क्षेत्रको पुरातत्वविदहरूले खोजी गर्नुपर्ने अर्घाखाँचीडट्कमसँग कुरा गर्दै बताउनु भयो ।
यसले अर्घाखाँची जिल्लाको पर्यटन क्षेत्रलाई महत्वपूर्ण खेल्न सक्ने सुनामले उल्लेख गर्नुभयो ।
डोटा क्षेत्रमा अनौठो प्राचीन गुफा फेला
यस्तै महाभारत श्रृंखला अन्तर्गत डोटा क्षेत्रमा रहस्यमय प्राचीन गुफा रहेको छ ।
यस पान्डप गुफामा पुराना विभिन्न कलाकृति, आकृति रहेका छन् । यो प्राचीन कालिन गुफामा अहिलेसम्म ७ मिटर भित्रसम्म पस्न सकेपनि त्यहाँ भित्र अझै कोही जान सकेको छैनन् ।
यहाँ सिंह, जिब्रो, कान, गाईका थन, पानी बगेको विभिन्न कलाकृति, आकृति देखिन्छ ।
पाणिनी पर्यटन समाज अर्घाखाँची बिहीवारदेखि पाणिनीको महाभारत श्रृंखला “पाणिनी-कालिकाठी-नरपानी” को पदयात्रा छ ।