अर्घाखाँचीदेखि सुर्खेतसम्मका गरीब र अति विपन्न परिवारलाई सहयोग गर्दै वाङ्लाका हबिब शाह

भानु  पराजुली ( कल्पित )  
सन्धिखर्क, अर्घाखाँची जेष्ठ ३ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना रोगका कारण खान नपाएका दैनिक चुलो बाल्न नसकेका ज्याला मजदुरी गरि खानेहरुका लागि सफल  युवा ब्यबसायी हबिब शाहले खाध्न्य तथा  नगद सहयोग गर्दै आएका छन् । 
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङलामा जन्मिएका हबिब सानै उमेरमा ब्यबसाय मार्फत करोडौंको कारबार गर्ने सफल ब्यबसायीको सुचिमा पर्छन् । सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ शान्ति बगैचामा स्थायी बसोबास गर्ने हबिम शाहले २०५५ सालबाट बिरेन्द्रनगर सुर्खेतमा भेरि फेन्सि स्टोर्स होलसल फेन्सि पसल सन्चालन गर्दै आएका छन् ।
दिनमा लाखौं रुपैयाँको ब्यापार गर्ने हबिब ब्यापरसँगै समाजसेवाको राजनीतिमा क्रियासिल छन् । सहयोगी मनका धनिको रुपमा चिनिने हबिबले अहिले पनि धेरैलाई सहयोग गर्दै आएका छन् । कांग्रेस निकट किसान संघका पुर्व केन्द्रीय सदस्य हबिबले सुर्खेत दैलेख कालिकोट मुगु मुस्ताङ आछाम लगायतका जिल्लामा होलसेल सामान बिक्रि गर्छन् ।
सुर्खेतमा बसेर सबैका प्रिय बनेका हबिब त्यहाँका दर्जनौं संघ संस्थामा आबद्द छन् । हबिब कै नेतृत्वमा सुर्खेतमा कांग्रेस नेता पुर्व मन्त्री ह्रदय राम  थामीको आर्थिक सहयोग उठाएर त्यहाँ मुस्लिम समुदायको समस्यालाई समधान गर्ने उदेश्यले  कब्रस्थान निर्माण गरेका छन् । 
मुस्लिम समुदायका लागि मात्रै नभई सबैलाई सहयोग गर्दै आएका हबिम शाहले लकडाउनका बेला खान समस्या परेका ६ परिवारलाई खाध्यन्न सामाग्री बितरण गर्ने भएका छन्, हबिब भन्छन; दुखि पिडितलाई सहयोग गर्न पाउदा आफु हर्षित हुने गरेको र कसैलाई समस्या परेमा आफुलाई सम्झन उनि आग्रह गरेका छन् ।

अन्य समाचारहरु