संघीयता खारेज गरेर संविधान संशोधन गरौं – राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल

काठमाडौं । प्रादेशिक संरचना अनुत्पादक बन्दै गएको भन्दै राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले संघीयता खारेज गरी संविधान संशोधनको माग गरेकी छन् । उनले संघीयता खारेज गरी कोरोना समस्या समाधानका लागि बजेट केन्द्रित गर्न माग गरेकी हुन्।
प्रादेशिक संरचना जुन अनुत्पादक छ, ठूलो परिमाणमा धनराशि खर्च भएको छ त्यसलाई हटाउनु पर्ने तर्क राख्दै आइतबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा राष्ट्रिय जनमोर्चाकी सांसद पौडेलले संघीयता खारेज गरेर संविधान संसोधन गर्न माग गरेकी हुन् ।