सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले लकडाउनका कारण समस्यामा परेका अती विपन्न परिवारलाई राहत वितरण गरेको छ । समाजसेवि तथा भेरि फेन्सी स्टोर सुर्खेतका सञ्चालक हबिब शाहको आर्थिक सहयोगमा समस्यामा परेका २३ परिवारलाई राहत वितरण गरेको हो ।
दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका परिवारलाई राहत वितरण गरिएको कांग्रेस अर्घाखाँचीका सभापति विष्णु खनाल मुस्कान जानकारी दिनुभयो । उनीहरुलाई प्रति परिवार २५ किलो चामल, दाल र नुन १ र १ किलो, १ लिटर तोरीको तेल लगाएतका खाद्ध सामग्री वितरण गरिएको थियो । लकडाउनका कारण मर्कामा परेका मजदुर र विपन्न समुदायलाई कांग्रेस अर्घाखाँची सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि राहत वितरण गर्ने तयारी गरिरहेको उपसभापति शान्ता भण्डारी बताउनु भयो ।
प्रदेश युनियन अर्घाखाँचीका पूर्व सभापति सुर्य भुसालको सञ्चालनमा भएको कार्यक्रममा कांग्रेस सन्धिखर्क नगरपालिका– ३ का सभापति गफार मिया, जनप्रतिनिधि जुठेमिया, तरुण दल सन्धिखर्क नगरपालिका अध्यक्ष जमशेर मिया, नेविसंघ अर्घाखाँचीका अध्यक्ष भरतमणि भट्टराई, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, प्रेस युनियनका प्रदेश पार्षद सुरज घिमिरे, पत्रकार कृष्ण परियार लगाएतको उपस्थिती रहेको थियो ।