अर्घाखाँचीमा नेशनल प्याथ ल्याबले गर्‍यो कर्मचारीको कोरोना बीमा

सुर्य भुसाल  
सन्धिखर्क, अर्घाखाँची जेठ ४ । अर्घाखाँची जिल्लामा नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरले देश भरी रहेका आफ्ना शाखा सञ्जालमा कार्यरत कर्मचारीहरुको (कोभिड १९ अन्र्तगत कोरोना बीमा गरेको छ ।
ल्याबले आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको अर्घाखाँची शाखा मार्फत देश भर रहेका शाखा सञ्जालमा कार्यरत कर्मचारीहरुको बीमालेख जारी गरेको ल्याबका अध्यक्ष रुद्र बहादुर कार्कीले जानकारी दिनु भयो । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना रोगका कारण संक्रमित हुनेको संख्या बढ्दै गर्दा ल्याबमा कार्यरत कर्मचारीहरु उच्च जोखिममा रहेकोले आफुहरुले कर्मचारीहरुको कोरोना बीमा गरिएको बताउनु भयो । 
ल्याबले कर्मचारीहरुको प्रति व्यक्ति १ लाखको दरले पाउने गरी शिखर इन्स्योरेन्स मार्फत ८७ जना कर्मचारीको बीमालेख जारी गरेको शिखर इन्स्योरेन्स कम्पनी अर्घाखाचीका प्रमुख लक्ष्मण के.सीले बताउनु भयो । यही बैशाख ७ गते बाट नेपालमा संचालीत बीमा कम्पनीहरुले कोरोना बीमालेख जारी गर्दै आएका  छन् । कोरोना बीमा अन्र्तगत कोराना बीमालेख जारी भएको मिती देखी १५ दिन पछि पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखीएमा उक्त व्यत्तिलाई बीमालेखमा उल्लेख भए अनुसारको रकम प्रदान गर्ने गरी बीमा गरिएको के.सीले बताउनु भयो । 
बर्तमान अवस्थामा कोरोनाको माहामारी विश्वव्यापी रुपमा फैलीएको साथै पछिल्लो समय नेपालका तराई जिल्लामा यसबाट प्रभावितको संख्या बढ्दै गएको छ । यस्तो अवस्थामा ल्याब टेक्निसियनहरु फ्रन्टलाइनमा नै रहेर संक्रमितको रगत तथा स्वाव परिक्षण गर्दा उनीहरुमा पनि संक्रमण फैलन सम्भावना उच्च रहेकोले यसरी कोरोना बीमा गरिएको ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बताउनु भयो । नेशनल प्याथ ल्याबले बुटवल, अर्घाखाची लगायत देशका बिभिन्न स्थानबाट ल्याब सम्बन्धी सेवा दिदै आएको  छ ।

अन्य समाचारहरु