अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची जेठ ४ । भारतको सिमामा अलपत्र परेका १८ जना अर्घाखाँची जिल्लामा आईपुगेका छन् ।
भूमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेल्वासेले दिएको जानकारी अनुसार १८ जनामा ९ जना भूमिकास्थान नगरपालिकाका, १ जना मालारानी गाउँपालिका र बाँकी ८ जना प्यूठान जिल्लाका रहेका छन् ।
उनिहरुलाई २ वटा एम्वुलेन्समा ल्याइएको हो । साथै उनिहरु प्युठानका ८ जना चुजाठाँटी प्रहरी चाैकीमा र भुमिकास्थानका १० जना सम्वन्धित वार्डकाे क्वारेन्टाइनमा राखिएको छ । यस्तै मालारानीकाे १ जना हटारीमा रहेकाे क्वारेन्टाइनमा राखिएको छ ।
यस्तै शितगंगामा पनि पत्थरकोट हुँदै २ दर्जन बढी पैदल आएका छन् । उनिहरुको स्थानीय क्वारेन्टाइनमा व्यवस्थापन गरिएको छ ।
यस्तै पाणिनी गाउँपालिकामा पनि दर्जन बढी पैदल आएका छन् । उनिहरुको स्थानीय क्वारेन्टाइनमा व्यवस्थापन गरिएको छ ।
पछिल्लो समय भारतबाट अर्घाखाँची प्रवेश गर्ने जिल्लाबासीको संख्या बढेको छ ।