काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चोर बाटोबाट पारित गर्न खोजिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै नेता रावलले राष्ट्रहित विपरितको एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको बताएका हुन ।
रावलले भने, ‘एमसीसीसँग सम्बन्धित जुन कुरा यहाँ परेको छ । त्यो भयो भने नेपाली जनताले उठाउँदै आएको आवाज विपरीत हुने छ । राष्ट्रहितविपरीत हुनेछ । स्वाधीनता र स्वतन्त्र देशको हैसियतमा पैसामा साट्न सकिँदैन ।’
नेता रावलले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सरकारले नेपालको सम्पूर्ण भूभाग सहितको नक्सा सार्वजनिक गर्ने कुरा स्वागतयोग्य रहेको बताए ।