भारतबाट अर्घाखाँची प्रवेश गर्ने क्रम जारी, जुकेनामा १४ जना भित्रिए

अर्घाखाँचीडट्कम संवाददाता 
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनामा भारतबाट १४ जना पुरुष भित्रिएका छन् । 
वार्डअध्यक्ष ऋृषि बहादुर रेश्मीले अर्घाखाँचीडट्कमलाई बताए अनुसार जुकेनामा भारतबाट आएका १४ जनालाई खाना नास्ता ब्यवस्था गरी एरिया सिवादह मा.बि र भानु प्राबि क्वारेन्टाइनमा ब्यवस्था गरिएको छ ।  
५५ जना भित्रिए
यस्तै यसअघि हिजो आईतबार छिमेकी देश भारतबाट अर्घाखाँचीमा एकै दिन ५५ जना भित्रिएका छन् । पछिल्लो समयमा कोरोनाको तीव्र जोखिममा परेको भारतबाट एकैदिन आइतबार ५५ जना गृह जिल्ला भित्रिएका हुन् ।
कृष्णनगर नाका हुँदै भित्रिएका मध्ये ३७ जना शितगंगा नगरपालिकाका रहेको नगरपाकिलाका स्वास्थ्य शाखा प्रमुख कृष्ण पौडेलले बताए । ९ जना भुमिकास्थान नगरपालिका, एकजना मालारानी गाउँपालिका । आठजना छिमेकी प्यूठान जिल्लाका रहेका छन्। 
भारतबाट आएका सबैलाई स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा राखिएको छ । जिल्ला भित्रिएका अर्घाखाँचीका नागरिकलाई स्थानीय तहले क्वारेन्टाइनमा राखेका छन् भने प्यूठानका मानिसलाई गृहजिल्ला पठाइएको भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेल्बासेले बताए । 
शितगंगा नगरपालिकाका सबै पैदल आएका हुन्। कृष्णनगर सिमानामा अलपत्र परेका भुमिकास्थान नगरपालिका, मालारनी गाउँपालिका र प्युठानका उनीहरुलाई दुईवटा एम्बुलेन्समार्फत अर्घाखाँची ल्याइएको हो ।

अन्य समाचारहरु