गुल्मीका कोरोना संक्रमित पुरुषले चेकजाँच गराएको सन्धिखर्कको छायाँ पोली क्लिनिक सिल

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको छायाँ पोली क्लिनिक प्रा.लीमा गुल्मीका कोरोना संक्रमित पुरुषले चेकजाँच तथा उपचार गराएको खुलेको छ ।
पेशाले शिक्षक रहेका मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय ति पुरुषले गाउँकै स्थानिय मेडिकल र  सन्धिखर्कमा रहेको छायाँ पोली क्लिनिक प्रा.ली हुँदै बुटवलको क्रिमशन हस्पिटलमा चेकजाँच तथा उपचार गराएको खुलेको छ ।
यसैबिच छायाँ पोली क्लिनिकलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले डट्कमलाई बताए अनुसार छायाँ पोली क्लिनिक काम गर्ने सबैको पिसीआर चेकजाचँ गरिने भएको छ । यस्तै छायाँ पोली क्लिनिकमा जचाउन आएका सबै विरामीको समेत पिसीआर चेकजाचँ गरिने भएको छ । 
 ति युवाले शुरुमा श्वासप्रश्वासमा समस्या देखिएपछी स्थानीय मेडिकलमा परीक्षण गराएको र त्यहाँबाट छायाँ मेडिकल हलमा पनि परीक्षण गराएको बताईएको छ । अर्घाखाँचीबाट उनी बुटवलको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएको बताईएको छ ।
जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।
दमको रोगी समेत रहेका ति युवालाई हाल थप उपचारको लागि भैरहवास्थित भीम अस्पताल लगिएको छ भने क्रिमसन हस्पिटल सिल गरिएको छ ।
स्थानीयका अनुसार मदाने गाउँपालिकाले उनको घरनजिकै ज्वरो क्लिनिक राखेको थियो । त्यहाँ भारत र तेस्रो मुलुकबाट आउनेको ज्वरो र स्वास्थ्य परीक्षण गर्ने गरिएको पनि   जनाईएको छ । 
 संक्रमण देखिएका उनको जेठ २ मा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

अन्य समाचारहरु