भारतबाट अर्घाखाँची प्रवेश गर्ने क्रम जारी, आज ५३ जना भित्रिए

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भारतबाट ५३ जना भित्रिएका छन् ।
भारतको इन्दोर मध्यप्रदेशबाट बुधवार ५३ जना सन्धिखर्कमा आई पुगेका हुन् । 
जसमा सन्धिखर्क नगरपालिकाको हटारी क्वारेन्टाइनमा  १८ जनालाई ब्यवस्था गरिएको छ । यस्तै छत्रदेव गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा ३५ जना ब्यवस्था गरिएको छ । 
उता भारतमा लकडाउन खोकुलो हुँदै गएपनि दिल्ली, हरियाणा, पन्जाब लगायतबाट अर्घाखाँचीबासी भित्रिने क्रम जारी छ । 
यसअघि ज्येष्ष्ठ ५ गते सोमवार शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनामा भारतबाट १४ जना पुरुष भित्रिएका थिए । 
त्यस्तै  ज्येष्ष्ठ ४ गते ९ जना भुमिकास्थान नगरपालिका, एकजना मालारानी गाउँपालिका र आठजना छिमेकी प्यूठान गरी एकै दिन ५५ जना भित्रिएका थिए । 

अन्य समाचारहरु