अर्घाखाँचीमा द्राेसाे चरणका स्वास्थ्य साम्रगी टाेपबहादुर रायमाझी र खड्काद्वारा हस्तान्तरण, विदेशमा अलपत्रलाई स्वदेश ल्याईने रायमाझी भनाई

गणेश खनाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा पहिलो चरण स्वास्थ साम्रगी जिल्लालाई  उपलव्ध गराउनु भएका प्रतिनिधि सभा सदस्य, नेता टाेपबहादुर रायमाझी र राष्ट्रिय सभा  सदस्य चन्द्रबहादुर खड्काले आज प्रमुख जिल्ला अधिकारी विजयराज  पाैडेल मार्फत जिल्लालाई हस्तान्तरण गर्नुभएकाे छ । 
 
आज उपलब्ध सर्जिकल माक्स ७ हजार ५ सय,गलव्स ५ हजार पिस,सेनिटाईजर ३० लिटर,थर्मल गन ८ पिस र पिपिई २५ पिस उपलव्ध गराउनु भएकाे हाे । 
हस्तान्तरण कार्यक्रम बाेल्दै रायमाझीले काेरानाले देश विदेशमा   सकट पारेकाे  भन्दै विदेशमा रहेका  नेपालिलाई नेपालमा ल्याउने पहल गर्ने बताउनुभयाे ।  पिसिआर कीट ल्याउने तयारि भईरहेकाे जानकारी गराउनु भयाे । सुरक्षा समिताका सम्पुर्ण प्रमुख समाज सेविहरूकाे  उपस्थिति रहेकाे थियाे ।

अन्य समाचारहरु