अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाभर ८८ जना क्वारेन्टाइनमा रहेका छन् ।
जिल्ला बाहिर तथा भारत र तेस्रो मुलुकबाट आएका गरी जिल्लाका विभिन्न क्वारेन्टाइनमा ८८ जना रहेका हुन् ।
जिल्लाको भूमिकास्थान नगरपालिकामा ३ जना क्वारेन्टाइनमा छन् । यस्तै मालारानी गाउँपालिकामा ६ जना क्वारेन्टाइनमा छन् । अधिकांश भारतबाट आएका गरी ६ जना क्वारेन्टाइनमा रहेकामा १०४ जनाको आरडीटी परिक्षण गरी घर पठाइएको, १८३ खाली बेड रहेका गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।
सन्धिखर्क नगरपालिकामा २१ जना, शितगंगा नगरपालिकामा १६ जना, पाणिनी गाउँपालिकामा ८ जना र छत्रदेव गाउँपालिकामा ३४ जना क्वारेन्टाइनमा छन् ।