अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । गुल्मीका कोरोनाका कारण मृत्यु भएका संक्रमितले चेकजाँच तथा उपचार गराएको अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको छायाँ पोली क्लिनिक प्रा.लीका १० जना डाक्टर, स्वास्थ्यकर्मीहरुको पीसीआर नेगेटिभ आएको छ ।
गुल्मीका कोरोनाका कारण मृत्यु भएका संक्रमित शिक्षकले चेकजाँच तथा उपचार गराएको सन्धिखर्कमा रहेको छायाँ पोली क्लिनिक प्रा.लीका १० जना डाक्टर, स्वास्थ्यकर्मीहरुको नमूना स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएकोमा सबैको नेगेटिभ आएको हो ।
यस्तै र उपचारका लागि आएका सबै बिरामी र उनीहरुकाे सम्पर्कमा आएका सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ ।
बैशाख ३१ गते आफन्तसँग मोटरसाइकलमा सन्धिखर्कमा रहेको छायाँ पोली क्लिनिक प्रा.लीमा आएर गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकले चेकजाँच तथा उपचार गराएको खुलेपछि जिल्ला प्रशासन कार्यालयले शिल गरेको थियो । शिक्षकको आज बिहीवार बिहान ७:१० बजे निधन भएको छ ।
औषधि खाँदा पनि सञ्चो नभएपछि टाइफाइड भएको भन्दै उनलाई सन्धिखर्क ल्याइएको थियो । बैशाख ३१ गते छायाँ पोली क्लिनिकले चेकजाँचपछि उनलाई बैशाख ३१ गते राति नै एम्बुलेन्समा बुटवल रेफर गरेको थियो ।
उता जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले डट्कमलाई बताए अनुसार छायाँ पोली क्लिनिक काम गर्ने सबैको पिसीआर परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो ।
साथै छायाँ पोली क्लिनिकमा जेठ १ गतेपछि जचाउन आएका सबै विरामीको समेत पिसीआर चेकजाचँ गरिने बताइएको थियो । यसका लागि प्रशासनले उनिहरुको विवरण खोजी शुरु गरेको थियो ।
छाँया पोलिक्लिनक सिल गरेर त्यहाँ रहेका डाक्टर, स्वास्थ्यकर्मी र जेठ १ गतेपछि उपचारका लागि आएका सबै बिरामी र उनीहरुकाे सम्पर्कमा आएका सबैलाई खोजी गरिएको थियो ।
ति गुल्मीका शिक्षकले शुरुमा श्वासप्रश्वासमा समस्या देखिएपछी स्थानीय मेडिकलमा परीक्षण गराएको र त्यहाँबाट छायाँ मेडिकल हलमा पनि परीक्षण गराएको बताईएको थियो । अर्घाखाँचीबाट उनी बुटवलको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएको बताईएको थिए ।
जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।
स्थानीयका अनुसार मदाने गाउँपालिकाले उनको घरनजिकै ज्वरो क्लिनिक राखेको थियो । संक्रमण देखिएका उनको जेठ २ मा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।