अर्घाखाँची जिल्ला अस्पतालमा मृत्यु भएका १ जना,अन्य ३ जनाको पीसीआरको लागि स्वाब भैरहवा पठाइयो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ हटारीनेटा क्वारेण्टाइनमा रहेका ३ जना र जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएका अर्को १ जनाको पिसिआर परिक्षणको नमूना प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको छ । 
जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएका १ जनाको शंका लागेका कारण पिसिआर परिक्षणको नमूना प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको बताइएको छ । 
उता यसअघि आज बिहीवार गुल्मीका कोरोनाका कारण मृत्‍यु भएका संक्रमितले चेकजाँच तथा उपचार गराएको अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको छायाँ पोली क्लिनिक प्रा.लीका १० जना डाक्टर, स्वास्थ्यकर्मीहरुको पीसीआर नेगेटिभ आएको थियो ।
सन्धिखर्कको छायाँ क्लिनिकका सबै १० जना स्वास्थ्यकर्मीको पीसीआर नेगेटिभ आयो
गुल्मीका कोरोनाका कारण मृत्‍यु भएका संक्रमित शिक्षकले चेकजाँच तथा उपचार गराएको सन्धिखर्कमा रहेको छायाँ पोली क्लिनिक प्रा.लीका १० जना डाक्टर, स्वास्थ्यकर्मीहरुको नमूना स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएकोमा सबैको नेगेटिभ आएको थियो । 
यस्तै र उपचारका लागि आएका सबै बिरामी र उनीहरुकाे सम्पर्कमा आएका सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । 
सन्धिखर्कमा  ५ जनाको आरडीटी टेष्ट नेगेटिभ

अन्य समाचारहरु