भारतको गुजरातबाट फर्किदै गर्दा अर्घाखाँची ढिकुराका एक जना युवाको बाटैमा मृत्यु

अर्घाखाँचीडट्कम संवाददाता 
बुटवल (अर्घाखाँचीडट्कम) । भारतको गुजरातबाट नेपाल फर्किदै गरेका अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका एक जना युवाको बाटैमा भारतको लखनउमा मृत्यु भएको छ ।
भारतको गुजरातबाट बसमा आउदै गर्दा ढिकुराको चरेपानीका ३४ बर्षका इन्द्र बहादुर गैरे (कृष्ण)को कृष्णनगर सीमा नपुग्दै भारतको लखनउमा मृत्यु भएको हो ।
लखनउमा पानी पिएलगत्तै उनको मृत्युु भएको मृतकका साथीहरुले बताएका छन् । मृतक युवाले पानी पिएलगत्तै आफूलाई छटपटी भएको बताएका थिए ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिए अनुसार उनको शब अहिले कृष्णनगर सीमाको भारततर्फ पर्ने बढनीमा छ । नेपाल भित्राएर मृतकको स्वाब परिक्षण गराउने तयारीमा छौ ।” प्रजिअ पौडेलले भने ।
यस्तै दुई वटा बसमा आएका प्रवासी नेपालीहरु मध्ये ढिकुराको चरेपानीका कृष्ण बहादुर गैरेको मृत्यु भएको शसस्त्र प्रहरी बल नेपाल भंसार राजश्व सुरक्षा गुल्म कृष्णनगरका शसस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाहीले जानकारी दिए ।
अहिले प्रकृयाको लागि भारतिय पुलिस, ड्राइभर र गार्जनको जिम्मामा छ ।  उनको मृत्युको कारण खुल्न सकेको छैन् ।
भुमिकास्थान नगरपालिको पहलमा वार्ड न. ९ का करिब ९० जना युवाहरू हिजो मात्र गुजरात र अह्म्दाबाद शहरदेखि नेपाल प्रस्थान गरेका थिए । 
उनिहरु कृष्णनगर नाका हुँदै जिल्ला प्रवेश गरिका छन् । 

अन्य समाचारहरु