अर्घाखाँचीमा किटको अभाव,क्वारेन्टाइनमा बसेकाको आरडिटी,पिसिआर जाँच गर्न सकिएन्

बिष्णु कुमार आले
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका कतिपय स्‍थानीय तहहरूमा किटको अभाव हुँदा क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी र पिसिआर जाँच गर्न सकिएको छ‌ैन। 
क्वारेन्टाइनमा बसेको १८, १९ दिन हुँदासमेत किटको अभावमा आरटिडी ,पिसिआर जाँच गर्न नसकिएको भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले बताए। नगरले सीमापारि अलपत्र परेका नागरिकलाई घर ल्याउन मासिक भाडा तिरेर एउटा बस संचालनमा ल्याईएको उनले बताए।
अहिलेसम्म जिल्लाभरि १ सय २५ जनाको आरडिटी र १ सय ८८ जनाको पिसिआर जाँच गरिएको छ।  किटको अभावमा जाँचको संख्या कम भएको स्थानीय तहहरूले जनाएका छन्। आइतबार पनि जिल्ला  सीमापारिबाट जिल्लाा भित्रिनेक्रम जारी छ। ठूलो संख्यामा जिल्लाका ६ ओटै स्थानियतहमा सिमापारी अलपत्र परेका नागरिकलाई ल्याइने स्‍थानीय तहहरूले जनाएका छन्। यस अघि जिल्लाका मालारानी , सन्धिखर्क, भुमिकास्थान ,पाणिनी ,छत्रदेव नगर तथा गाँउ पालीकाहरूले नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेका आफ्ना नागरिकहरूलाई गाँउ फर्काउदै गर्दा शितगंगा नगरपालीकाले बेलैमा चासो दिन सकेन । पछिल्लो समय शितगंगा बाट रोजगारीका लागी भारत पुगेका नागरिकको चर्को बिरोध र बिभिन्न संचारमाध्यम बाट समाचार लगातार प्रसारण भएपछि गत सुक्रबार बसेको नगरकार्य समितीको बैठकले सिमापारी अलपत्र परेका नागरिकलाई नगरपालीकाले भाडा तिरेर ल्याउने निर्णय गरेको हो । 
अरू पालीकाले जस्तै यस अघिनै नगरले भारतमा जागिर छोडेर अलपत्र परेका नागरिकलाई ल्याउने प्रयास गरेको भए उनिहरूले लामो समय सम्म सास्ती खेप्नु पर्ने थिएन । अरू पालीकाको सिको गर्दै ढिलै भएपनि नगरपालीकाले चालेको यो कदम उपयुक्त छ । नागरिकले जनप्रतिनिधि भएको महसुस गरेका छन् ।
सुरक्षित क्वारेन्टाइन बनाउन स्थानियको माग
तर सयौं जना नागरिक आफ्नो घर ल्याउदै गर्दा सुरक्षित क्वारेन्टाइनको व्यवस्था नहुदा गाँउ असुरक्षित भएको स्थानियको गुनासो छ । गाँउमा क्वारेन्टाईनमा बस्नेले आफै खाना पकाउने ,आफुले प्रयोग गरेका भाडा,कपडा अरूलाई नदिने हुनु पर्नेमा कतिपय क्वारेन्टाइनमा यस्तो व्यवस्था छैन । गाँउ गाँउमा सुरक्षित क्वारेन्टाइनको व्यवस्थापन ,क्वारेन्टाइनमा प्रहरी प्रशासन, स्वास्थ्यकर्मीको बलियो निगरानी , सोयमसेवक परिचालन, क्वारेन्टाइनमा खानाको व्यवस्थापन र किटको अभाव हुन नदिने जस्ता बिषयमा सिङ्गो नगरपालीका, जनप्रतिनिधि र सरोकारवालहरू बिषेस ध्यान पुराउन आवश्यक छ ।
कुन स्थानीय तहमा कति?
शनिबारसम्म विभिन्न क्वारेन्टाइनमा १ हजार ९१ जना रहेका छनु। जसमध्ये सन्धिखर्क नगरपालिकामा १ सय ३३ जना क्वारेन्टाइनमा रहेका छन् भने अहिलेसम्म २० जनाको आरटिडी ,३२ जनाको पिसिआर जाँच गरिएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख कमलप्रसाद भुसालले जानकारी दिए। त्यस्तै, भूमिकास्थान नगरपालिकामा  २ सय ७५ जना क्वारेन्टाइनमा छन्। 
अर्घाखाँचीका ८९ स्थानिय तहका क्वारेन्टाइनमा  ८०२ जनाको व्यवस्थापनमा
अहिलेसम्म २० जनाको आरटिडी र ३२ जनाको पिसिआर जाँच गरिएको छ। सबैको नेगेटिभ रिपोर्ट आएको छ। यस्तै,  शीतगंगा नगरपालिकामा २ सय ४४ जना क्वारेन्टाइनमा रहेका छन् भने अहिलेसम्म ४३ जनाको आरडिटी र १७ जनाको पिसिआर जाँच गरिएको छ। जसमध्ये ७ जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको र १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य प्रमुख कृष्ण प्रसाद पौडेलले बताए। पाणिनी गाउँपालिकामा ७३ जना क्वारेन्टाइनमा छन्। शनिबार ५ जनाको पिसिआर जाँचका लागि स्वाव निकालेर भैरहवा पठाइएको स्वास्थ्य प्रमुख शेषकान्त घिमिरेले जानकारी दिए।  मालारानी गाउँपालीकामा २ सय ८१ जना क्वारेन्टाइनमा रहेका छन् भने अहिलेसम्म ४२ जनाको आरडिटी र ९३ जनाको पिसिआर जाँच गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए। त्यस्तै,  छत्रदेव गाउँपालिकामा ८५ जना क्वारेन्टाइनमा बसेका छन्। ९ जनाको पिसिआर जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले  बताए।  यस्तै, जिल्लाका ३ स्थानमा १२ वटा आइसोलेसन बेडहरु रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।

शीतगंगामा नामका मात्र क्‍वारेन्टाइन
जिल्लाका अधिकांश विद्यालय, सामुदायिक भवन, एकान्त घरगोठमा क्वारेन्टाइन बनाएर राखिएको छ। जिल्लाका स्‍थानीय तहमध्ये शितगंगा नगरपालिकामा पछिल्लोपटक बनाईएका क्वारेन्टाइन नामका मात्रै छन्। नगरको सुवर्णखाल, जुकेना, सिमलपानी जस्ता ठाँउमा स्थानीय घर नजिकै रहेका आधारभूत विद्यालयमा भारतबाट आएकाहरू क्वारेन्टाइनमा बसेका हरूलाई आफ्नो घरबाटै लत्ताकपडा लैजाने, साँझबिहानको खाना पनि घरको परिवारले लगिदिने  गरेका स्‍थानीयको भनाइ छ। 
शितगंगा नगरपालिकाका क्वारेन्टाइनमा बस्नेका गुनासै गुनासा
क्वारेन्टाइनमा बसेका नागरिकहरूसँग घरका अन्य परिवारहरू पनि हेलमेल गरेको पाईन्छ। वडा तहको फितलो क्वारेन्टाइन भएपछि सक्रमित फैलिने डर भएको स्थानियको गुनासो छ। क्वारेन्टाइनमा बसेकाहरूलाई स्यानिटाईजर त परको कुरा भयो तर  हातधुने साबुनसमेत छैन। , मुखमा लगाउने माक्स छैन ,  उनिहरूले घरबाट पकाएर परिवारले ल्याईदिएको खाना खाने गर्दछन्।
अर्घाखाँचीबासीहरु फर्कने क्रम जारी
रोजगारीको सिलसिलामा भारतको विभिन्न शहरमा पुगेर काम गरिरहेका अर्घाखाँचीबासीहरु अहिले जिल्ला फर्किरहेका छन्।  कोरोना र लकडाउनका कारण भारतमा अलपत्र परेका जिल्लाबासीहरूले घर फर्किन निकै सास्ती खेपिरहेका छन्। उनीहरूलाई अर्घाखाँचीका कतिपय स्थानीय तहले गाडीमा भाडा तिरेर जिल्ला ल्याउने गरेका छन्। जिल्ला ल्याइएपछि उनीहरूलाई सम्बन्धित वडा तहमा बनाइएका क्वारेन्टाइनमा राखिएको छ।  
अर्घाखाँचीमा पछिल्लो एक हप्तामा भारतबाट आएका  १ हजार ९१ भन्दा बढी व्यक्तिलाई क्वारेण्टाइनमा राखिएको छ। भारतमा रोजगारीको शिलसिलामा गएकाहरु एक हप्तामा मात्र १ हजार ९१ जना जिल्ला भित्रिएको प्रशासन कार्यालयले जनाएको छ। जिल्लाका ६ स्थानीय सरकारले बनाएका विभिन्न क्वरेण्टीनमा शनिबार बेलुकासम्म १ हजार ९१ जना रहेका छन्। भारतबाट आएका तथा अन्य स्थानबाट आएका सबैलाई सम्बन्धित पालिकाले बनाएको क्वरेण्टीनमा राखिएको छ। जिल्लाका ७९ स्थानमा ९ सय १३ वटा बेडसहितका क्‍वारेन्‍टाइनहरु बनाएपनि भारतबाट आउनेको चाप बढेपछि क्वारेन्टाइन स्थान र बेडहरू थपिएको छ। लगातार भारतबाट सयौंको दरमा नागरिक जिल्ला भित्रिन थालेपछि स्थानीय तहले उनीहरूलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ।
कृष्णनगर र सुनौलीबाट अर्घाखाँचीमा भित्रिने क्रम जारी (फोटो सहित)

अन्य समाचारहरु