विरेन्द्र कुँवर
सन्धिखर्क, अर्घाखाँची । लोक सँस्कृतिलाई लोकप्रिय विधाका रुपमा लिईन्छ । सुख–दुख चाड पर्व जुनसुकै समयमा पनि गीत संगीतको महत्वपूर्ण भूमिका हुन्छ । गीत संगीत एक पुस्ताले अर्को पुस्तामा विधिवत रुपमा हस्तान्तरण गरिदैन । तर, याे एक पुस्ताबाट अर्को पुस्तामा स्वतः हस्तान्तरण हुँदै जाने विधा हो । यस्तै लोक सँस्कृतिको विकास र बिस्तारमा अर्घाखाँची जिल्लाको भूमिका र केहि इतिहासको बारेमा चर्चा गरिदैछ ।
जसले जग बसाले
जानकारहरुका अनुसार विस १९८० तिर मालारानी गाउँपालिका बाँगी डाँडाखर्कका स्वर्गीय भेष बहादुर खत्रीले भारतको कलकत्ताबाट हार्माेनियम सिकेर अर्घाखाँची फर्के । त्यसपछि उनले लोक लयमा गाइने भजनको संगितलाई मिठास दिए । त्यतिखेर खत्रीको भजनले अर्घाखाँची मात्रै होईन, गुल्मी, पाल्पा सम्म नै चर्चित बनेको बुढापाकाहरु बताउँछन । त्यसपछि औपचारीक रुपमा धनचौरकी सुष्मा आचार्यले कालाकारका रुपमा आफ्नो दर्ज गरेको देखिन्छ ।
यद्यपि मौलीक भाका गाएका अन्य कलाकार रहेको पनि हुनसक्छ ।
आचार्यले रेडियो नेपालबाट गीत गाएकी थिईन । ढाकावाङ्का रुद्र खनालले पनि रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर नेपाली संगीतमा लागे । केही एल्बम समेत निकाले । धारापानिका विरेन्द्र शाहले पनि विभिन्न ठाउँहरुमा दोहोरी गीत गाउथेँ । अर्घाका सुरज रायमाझीले पनि रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर एल्वम समेत निकाले ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा अर्घाखाँचीको दुई कार्यकाल अध्यक्ष समालेका सहयोगी विसीले पनि २०४५ सालतिर रेडियो नेपालबाट प्रसारण हुने चौतारी कार्यक्रममा गीत गाउथेँ । उनले रेडियो नेपालमा पुगेर आमाको बारेमा गीत गाए । कार्य व्यस्तताले गर्दा गीत रेकर्र्ड भने गर्ने अवसर पाएनन् । लोक संगीतमा डिडाडाका बसन्त परियार, बाँगीका हिमालय भुसाल, सन्धिखर्कका जाजली मियाँ र जुनकिरी मिंयाले पनि दोहोरी गाउने गरेको पाईन्छ ।
स्वर्गीय हरि बहादुर खड्काले पनि दोहोरी गाउने गरेको पाईन्छ । अर्घा पाथ्रवाङ्मा जन्मिएका बेगमान गन्धर्व, ठाकुर गन्धर्व, झुमा गन्धव र सरोज गन्धर्वले एल्बम निकालेनन् तर लोक संकृतिको विकास र प्रर्वद्धनमा भने उनीहरुको महत्वपुर्ण भूमिका रहेको पाईन्छ ।
खुमराज घिमिरे
अर्घाखाँचि जिल्लामा जन्मिएका कलाकारहरुको चर्चा गरीरहदा अग्रपंतीमा आउने र बिर्सनै नसकिने नाम हो, खुमराज घिमिरे । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ६ जुकेना कल्लेरीमा २०३९ सालमा जन्मिएका खुमराज घिमिरेले पहिलो गीत रेडियो नेपालको क्षेत्रिय प्रसारणकेन्द्र सुर्खेतमा रेर्कड गराएका हुन् । घिमिरेले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर नेपाली आकाशमा आफ्नो साङ्गेतिक आवाज गुन्जाएका हुन । घिमिरेले रेडियो नेपालमा गाएको पहिलो गीत ठाडा दह बोलको गीत हो ।
घिमिरेले गाएको दोस्रो गीत घर अर्घाखाँचीमा हो । उक्त गीतले त खुमराज घिमिरेलाई चिनायो र चर्चित पनि बनायो गीत निकै सफल पनि बन्यौ । घिमिरेको तेस्रोगीत अर्घाखाँची सुपामाईको थान पनि निकै लोकप्रिय बनेको गीत हो ।
उनले गायको राता मकै, मिर्मी जालैमा , विरह, लोक पप डाक्टर साप डाक्टर साप गीत निकै चलेका गीतहरु हुन् घिमिरेले लोक दोहोरी गीत राष्ट्रिय गीत र चार्डपर्व लगाएतका गीतहरु गायकाछन् उनले ५० भन्दा धेरै गीतहरु गाईसकेका छन् भने २ सय भन्दा धेरै गीतहरु संकलन गरिसकेका छन । कक्षा ६ देखीनै घिमिरेले विभिन्न ठाउँमा हुने प्रतियोगीतामा भाग लिदै लोकगीत गाउदै हिड्ने गर्थे ।
कमल सौराग
नेपाली सांगेतीक ईतिहासमा कमल सौरागको नाम निकै चर्चामा छ । सौराग अर्घाखाँचि जिल्लाको किमंडाडा गाजरीमा जन्मिएका हुन् । २०३९ साल फागुन १२ गते जन्मिएका सौरागले जनज्योती माबिमा विध्यालय स्तरको शिक्षा पुरा गरेका हुन् । सानोमा नायक बन्ने सपना बोकेका थिए सौरागले । सौराग काठमाडौं छिरेपछी गायक संगीतकार र मोडल समेत बने भने सौराग पछिल्लो समयमा चर्चीत म्युजिक एरेन्जरको रुपमा चर्चा कमाउएका छन् । उनले ५ हजार भन्दा धेरै गीतहरुको म्युजिक एरेन्ज गरीसकेकाछन् ।
गायक मोडल तथा एरेन्जर कमल सौरागले २०५९ सालमा घुम्टि नरपानी बोलको लोक गीतवाट सांगेतीक क्षेत्रमा प्रबेस गरेकाहुन् । सौरागको उक्त गीत निकै चल्यौ पनि र सौरागलाई चिनायो पनि । कमल सौरागले जव दैलामुनी जाै गीत गाए उक्त गीतलेत सौरागलाई सांगेतीक चुलिमै पुर्यायो ।
सौरागका एक्लो भयो बर, भिजायो पछेउरी, तिमी कस्तो भयौ होला, बाँई खोलाको किनारमा, फुलचोरेर लानेलाई लगायतका गीतहरु निकै चर्चामा रहेका छन् । सौरागको सम्मानमा अर्घाखाँचीमा २०७४ सालमा कमल सौराग एकल साझको समेत आयोजना गरिएको थियो । सौरागले बेलाबेलामा आयोजना हुने राष्ट्रिय अवार्डहरु समेत जितिसकेका छन् ।
जमुना सनम
अघाखाँची जिल्लामा जन्मिएको नेपाली सांगेतिक क्षेत्रमा स्थापित र चर्चित नाम हो, जमुना सनम । अर्घाखाँची जिल्ला मलारानी गाउँपालिका ४ खनमा बुवा पिताम्बर सुनार र आमा छमकली सुनारको कोखबाट जन्मिएकी जमुना सनम लोकदोहोरी क्षेत्रमा चर्चाको नाम हो । मौलिक गीतहरु गाउने भएकाले पनि उनको फरक चर्चा हुने गर्दछ ।
२०६२ साल देखी निरन्तर सांगेतिक क्षेत्रमा लागेकी जमुना सनमका २ सय भन्दा धेरै गीतहरु छन सनम सुरुमा तिजको गीत गाएर सांगेतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । सनमले गाएको तिजगीत ओई सुन्तलीले निकै चर्चा कमायो । जमुना सनमको सांगेतिक उचाई पनि बढाएको गीत हो । उनका बग्यो खोली, रातो घलेकीमा, रातो साडी सपको काधमा, पञ्चेबाजा गीत बटौली झँरे, लगायतका गीतहरु निकै चलेका गीतहरु हुन् । सनम विभिन्न ठाउमा हुने मेला महोत्वसबहरुमा स्टेज तताउन सक्ने गायिकाको रुपमा चिनिन्छिन ।
सम्झना लामिछोने मगर
अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका ९ जुकेना सिबादंहमा बुबा दोर्ण लामिछाने मगर र आमा सान्ता लामिछाने मगरको कोखबाट जन्मिएकी लोक दोहोरी गायीका सम्झना लामिछोने मगर पछिल्लो पुस्तामा निकै लोकपिर्य नाम हो ।
लोकदोहोरी गीत भन्न बित्तिकै उनको नाम निकै अगाडी आउँछ । सम्झना लामिछाने मगर २०६८ साल देखी लोक संगीतमा निरन्तर लागी परेकी छन् । लामिछानेले गण्डकीको तिर लोक दोहोरी गीतबाट सांगेतिक यात्राको सुरुवात गरेकी हुन् । उनका हाम्रौ जरो खन्नेहरुलाई, र सालैजो भाका लोक दोहोरीमा प्रबेशकै क्रममा गाएका गीतहरु हुन् । लामिछानेले गायका घरमा पराल बारीमा बन्सो, फुल फुलेर पयाँलै भयो, बनै फुल बसायो सितारा बितार ताजा समाचार निकै चलेका गीतहरु हुन् ।
मगरलाई फुलफुलेर पयाँलै भयो र घरमा पराल गीतले त सांगेतिक चुलिमै पुर्याएका गीतहुन । उनले ४ सय भन्दा धेरै गीतहरुमा आवाज भरी सकेकिछन् । उनले आफ्नो जिल्ला अर्घाखाँची चिनाउँने र पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्ने हेतुले जिल्लाभित्र रहेका पर्यटकिए संभावना बोकेका क्षेत्रहरुलाई समेटेको मेरो प्यारो अर्घाखाँची गीत समेत गाएकिछन् ।
लामिछानेका बेसी झरेको, तालु खुईले बाहुन, बैना रुमाल, छ की छैन माया, झटारो, मायालुको सम्झना लगायतका गीत निकै चर्चामा रहेकाछन् ।
बिश्वास नेपाल
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका खाँचिकोट ७ मा जन्मिएका बिश्वास नेपाल लोक संगीतमा परिचित नाम हो । २०६१ सालदेखी निरन्तर गित संगीतमा लागेका नेपालले ३ दर्जन भन्दा धेरै गीतहरु गाई सकेका छन् भने करिव १ सय भन्दा धेरै गीतसंगीतहरु सिर्जना गरिसकेका छन् ।
गीत संगीतमा अहिले म्युजिक एरेन्जमा पनी उतिकै चर्चा कमाएका गायक तथा एरेन्जर बिश्वास नेपालका हाम्रो प्यारो अर्घाखाँची, सगरमाथा डुब्छ , पिरती को घाउमा , फुल फुलेको डाली , नडराऊ रबि दाइ , आधुनिक मा यो रात बेहोसी, झुटो रैछ तिम्रो माया , कालो कालो , जुन हौ तिमि , सपनी मा आउने उनि लगायत का गीत हरु निकै लोकप्रिय रहेकाछन् ।
नेपालका हाम्रो प्यारो अर्घाखाँची, सगरमाथा डुब्छ, नीकै चलेका गीतहरु हुन् “यो रात बेहोसी “ आधुनिक गीत पनी निकै सफल गीत हो उनले करिव ६ सय भन्दा धेरै गीतहरुको एरेन्ज गरिसकेका छन् । उनले एरेन्ज गरेका गीतहरु चट्ट कलम रेलिमै, मालीगाई, जुरेली चरी, सारी फरर, गोरख पुरे रेल,तीज का गीत र लोक दोहोरि गीत नैना रेसम, टिकटक लगाएतका गीतहरु निकै चलेका छन ।
कुशल बेलबासे
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ४ निगालीमा जन्मिएका कुशल बेलबासे युवापुस्ताका रोजाईका गायक हुन् । २०४९ साल जेठ २१ मा जन्मिएका बेलबासेले दुइ दर्जन भन्दा धेरै गितहरुमा आफै शब्द लेखेका छन् भने संगीतपनि आफैँ भरेर आफ्नै आवाजमा गीत गायका छन् । कुशल बेलबासेले करिब छ दर्जन भन्दा धेरै गितहरुमा शब्द र संगीत भरिसकेका छन् ।
बेलबासेका रातो घलेकिमा ,आटो कसौंडी मा ,माली गाईले बाछी चाटेको , शिशिर बसन्त ,तान्सेनै बजारमा ,बासघारी, पुर्बैमा घाम लाग्यो ,गीत निकै चलेका गीतहरु हुन् । बेलबासेले पछिल्लो समयमा गायको रानिफुल बसायो ,गीतपनि निकै चल्यो । बेलबासेका चाडपर्व विशेष पञ्चेवाजा ठाउँ विशेषका गीतहरु छन । उनकोे रातो घलेकिमा अत्यन्तै सफल गित हो ।
२०६० साल देखी निरन्तर गित संगीत मा रहेका बेलबासे ८,९ बर्षको उमेर देखीनैै अर्घाखाँची जिल्ला र छिमेकी जिल्लाहरुमा हुने मेला महोत्सव र प्रतियोगीताहरुमा दोहोरी प्रतियोगी गायक को रुपमा मुख्य नेतृत्व गरेर हिड्ने कलाकार हुन् । बेलबासे रातो घलेकीबाट सांगेतीक क्षेत्रमा प्रबेस गरेका गायक हुन् । उनलाई रातो घलेकीलेनै कुशल बेलबासे भनेर चिनाएको गीत हो ।
बसन्त लम्साल
अर्घाखाँची जिल्ला पाणेनी गाउँपालिका ८ मा २०४९साल चैत ३ गते जन्मिएका बसन्त लम्साल लोक संगीतमा छोटो समयमा अत्यधिक धेरै चर्चा कमाउने गायक हन् । उनका करीब ६० भन्दा धेरै गीतहरु रहेकाछन् भने दर्जनौ गीतहरु निकै चलेका छन् ।
लम्साल लय बनाउन र शब्द लेख्न तथा गायनमा निकै माहिर मानिन्छन् । लम्सालका टिकटक, प्यारो अर्घाखाँची , रबी लामीछाने, मृत्युदण्ड निकै लोक प्रिय बनेका गीतहरु हुन । लम्सालका दसैँ तिहार , पञ्चेबाजा तीजगीत लगायत ठाँउ बिशेषका गीतहरु निकै चलेका छन् ।
योगराज पोखरेल
अर्घाखाँची जिल्लाको पाणेनी गाउँपालिका वडा न. १, पणेनामा २०४१ साल साउन २३ गते बुवा हरि प्रसाद (शर्मा ) पोखरेल र आमा राधा (शर्मा) पोखरेलको कोखबाट जेठो सन्तानका रुपमा जन्मिएका योगराज पोखरेल लोक संगीतमा परिचित नाम हो । पोखरेलले २०६० सालमा वारी बुटवल पारी फुलबारी गीत सार्वजानिक गरेपछि लोक संगीतमा पाईला चालेका हुन् ।
पोखरेलका वारी बुटवल पारी फूलबारी ,टेन्सन हटाईदेउ, कुखुरी पहिला की अण्डा, पिर पर्याछ मलाई, कोमल मन छ रुन्छ नभने लगाएतका गीतहरु निकै चलेका गीतहरु हुन पोखरेल बुटबल बहुमुखी क्याम्पसको रसायन शास्त्रको प्रध्यापक समेत हुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश ५ को सचिव समेत रहेका पोखरेलका एक दर्जन भन्दा धेरै आफ्नै गीतहरु छन् भने करिब दुई दर्जन गीतमा शब्द संगीत भरिसकेका छन् ।
उनी शब्द लेख्न, गीत गाउन ,लय बनाउनमा निकै अगाडि छन् । रमाइलो पाराका पोखरेल विद्यार्थी लाई ज्ञान, नब आगन्तुक कलाकार लाई सहयोग प्रेरणा र नयाँ नयाँ गीतहरु सिर्जना गुर्नु नै पोखरेलको दैनिकी हो ।
पोखरेलका भाई विजय पोखरेल पनि संगीत क्षेत्रमै भएकोले भाईका कारणले पनि उनलाई गीत संगीतलाई निरन्तरता दिन सजिलो भएको छ । विजय पोखरेलले गीत संगीतको म्युजिक भिडियो सम्पादन छायाङ्कन र निर्देशन समेत गर्ने गरेका छन् । विजयले निर्माण गरेका धेरै गीतहरु निकै लोकपिर्य बनेका छन भने केही गीतमा विजयको अभिनय समेत देख्न सकिन्छ ।
शम्भु कुंवर
अघाखाँची जिल्लाको मालारानी गाउपालिका ५ भण्डारमा बुबा नेत्र बहादुर कुंवर र आमा पार्वता कुंवरको कोखवाट कान्छो सन्तानका रुपमा जन्मिएका शम्भु कुंवर लोक दोहोरी क्षेत्रमा अपरीचित नाम होईन । सबै संग छोटो समयमै घुलमिल हुनसक्ने मिठो बोल्ने सबैसित हासेर बोल्ने रिसाउन कहिलै नजानेका कुंवरका करिब एक दर्जन आफ्नै गीतहरु छन भने करिब ६ दर्जन गीतमा आवाज भरेकाछन् ।
कुवर मालश्री रेर्किडङको प्रबन्ध निर्देशक समेत हुन् । कुवरका चोखो माया गरुला, रुदै क्यारी वाचम, ए हावा जाउ, गीतहरु निकै चलका गितहुन् । पछिल्लो समयमा अत्यान्तै चलेको गीत चियाँ छानेको गीतपनी कुवरकै हो । चियाँ छानेको गीत युटुभमा करीब एक करोड ५० लाखले हेरी सकेका छन् ।
नारायण पाण्डे
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ५ बाँगीमा जन्मिएका नारायण पाण्डे लोक दोहोरी क्षेत्रमा पछिल्लो समयको चर्चाको नाम हो । पाण्डेका ३० भन्दा धेरै गीतहरु रहेका छन् ।
गीत गाउन गीतका सब्द लेख्न र अभिनयमा पनि पाण्डे निकै अगाडी रहेकाछन् । पाण्डेका करिब दर्जन गीतहरु निकै चलेकाछन् पाण्डेले २०६९ सालमा पहीलोगीत लम्बिदैथ्यौ दुरी बजारमा ल्याएकाहुन् यही गीत संगै पाण्डे सांगेतिक यात्रामा पाईला चालेकाहुन पाण्डेलाई लम्बिदैथ्यौ दुरीबोलको गीतले लोक संगीतमा चिनायो । उनका पञ्चेबाजा तिज लोकदोहोरी गीतहरु निकै चलेकाछन् । पाण्डे अभिनयमा पनि अगाडी रहेका छन् ।
अर्जुन भुसाल
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ४ केरुङ्गा भुवनडाडा मा २०५२ साल साउन १ मा जन्मिएका अर्जुन भुसाल लोकदोरी क्षेत्रमा परिचित नाम हो । भुसाल नेपाल आमा माग्दैछिन । साहारा बोलको राष्ट्रिय गीतबाट २०६९ सालमा सांगेतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।
भुसालले त्यसपछि रोईला, प्रेम प्रस्ताव राखौं की ? गीत गाए । भुसालको पागल भाछु झल्को मेट्नलाई गीतले पनि चर्चा कमायो । भुसालले करिब डेढ दर्जन गीत गाई सकेकाछन् गीत संगीतमा लय बनाउन शब्द लेख्न र गाउनमा अगाडीे रहेका भुसालले तिज दसैँ तिहार लोकदोहोरी गीत समेत गाएकाछन् । भुसालका निमेक, अन्तिम सास, कलाकार, दहिचिउरेमायाँ लगाएतका गीत लोकप्रिय छन ।
पार्वता पाण्डे
‘पाणेनीमा पढ्थ्यौनी पहिले त नचिनेझै गदैछौ अहिले त’ सन्धिखर्क झरेको भुल्यौक्यारे आजकालत मायाँले बाँगीखोला संगै तरेको । यो गीतकी गायिका हुन् पार्वता पाण्डे । यही गीतबाट पाण्डे लोकदोहोरी क्षेत्रमा प्रवेश गरेकी हुन् ।
पाण्डेलाई यही गीतले लोकदोहोरी क्षेत्रमा परिचित गरायो । अर्घाखाँची जिल्लाको भुमेका स्थान नगरपालिका वडा न.८ मा २०३९ साल साउन ११ गते जन्मिएकी पार्वता पाण्डले करीब एक दर्जन भन्दा धेरै गीतहरु गायी सकेकीछन । पाण्डेले गायका न भुल्नु है मायाले, मालि गाई, न्याउली चरी, प्यारीले सम्झदै होलिन लगाएका गीतहरु निकै चलेका गीतहरु हुन् । उनले चाडपर्व र ठाँउ विशेषका गीतहरु पनि गायीसकेकी छन् ।
पाण्डेका मायाँको जालैमा, दशै तिहार आयो गाउतिर , बेसिको खेतमा धान पसायो लगाएतका गीतहरु पनी रहेकाछन भने पाण्डेकोे केही गीतका म्युजिक भिडियोमा अभिनय समेत देख्न सकिन्छ ।
इन्दिरा गैरे इन्दु
२०७४ सालमा तिजको गीत मायाले खान दिन्न बरिलै सार्बजानिक भयो । तिजगीत मायाले खान दिन्न बरिलै त्यतिबेला निकै चल्यौ पनि उक्त गीत गाएर सांगेतिक क्षेत्रमा प्रबेस गरेकी गायीका हुन इन्दिरा गैरे इन्दु उनले २०७४ सालमै प्रदेशिको कहानी गीत गायकी हुन ।
अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वार्ड न. २ मा जन्मिएकी गैरेको स्कुल पढ्दा देखि नै गीत संगीतमा रुची थियो । गाउँघर र स्कुलहरुमा हुने प्रतियोगिताहरुमा भाग लिने गैरे कहिले प्रथम कहिले द्धित्तिय स्थानमा हासिर गर्थिन ।
जव गैरे २०६८ सालमा अर्घाखाँचिदेखी बुटवलमा झरिन त्यसपछी करिव ७ वर्ष गैरेकोे संगीत यात्रा ओझेलमा प¥यो पढाईसँगै जागिर गर्न थालेपछि उनले गीतसंगीत तिर समय नै दिन पाईनन् ।
गैरेलाई २०७४ सालदेखी भने निरन्तर सांगेतिक यात्रालाई अगाडी बढाउने मौका मिल्यौ । २०७४ सालमा लोकदोहोरी गित रात्रीबस त्यसपछी कोरियन साडी बजारमा लिएर आईन । जुन गीतले चर्चा संगै सफलता पनि कमायो गैरेका सिर्फुल, मोया गीत निकै चलेका गीतहरु हुन् गैरेले दर्जन बढी गीतमा आवाज भरि सकेकी छन् ।
नमराज पाण्डे
अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका ७ मा २०४६ साल वैशाख ३० गते जन्मिएका नमराज पाण्डे लोक गीतमा फरक खालका गीतगाउने गायक भनेर चिनिएको नाम हो । पाण्डेले ३ दर्जन भन्दा धेरै गीतहरु सिर्जना गरिसकेका छन् ।
पाण्डेले लय सब्द बनाएको गीत एक्लो जिबन काट्न गारो भो ,र तिम्रो कुरा अन्तै चलेसी भन्ने गीत निकै चले नमराज पाण्डेलाई थप गीतमा शब्द लेख्न उत्साह समेत थपिदिएका गीतहरु हुन् ।
पाण्डेले स्वर भरेको ठट्यौलि पाराको गीत तैले उता कमाउनि एता अर्कै रमाउनि बोलको गीतले त पाण्डेलाई चर्चित गायकै भनेर चिनायो यो गीत निकै चल्यौ पनी । पाण्डेको पहिलो गीत २०६६ सालमा सार्बजानिक भएको हो । उनका भैसी साटेझै बुढी साट्न मिल्नी भए ,आफ्नी भन्दा अर्कै कि श्रीमती राम्री देख्छु किन ,भन्छन साराले ,दिल भित्र कि माली ,कस्ती छेउ त काली ,खोलि को पानि ,पापी दुनिया ,धन ले हुनि भा ,आशु धाराले ,तेरी स्वानी लग्यो ड्राईभरले ,रक्सी पिउन सिके , लगाएतका गीतहरु निकै चलेका गीतहरु हुन् नमराज पाण्डे शब्द लेख्ने लय बनाउने गीत गाउने र अभिनयपनि आफै गर्ने गायक हुन् ।
सागर खड्का
अर्घाखाँचीकाे मालारानी गाउँपालिका बाँगी ५ कोखा कमेरापानीमा बुबा टोम बहादुर खड्का र आमा हुमकला खड्काको कोखबाट २०४७ साल जेठ ४ गते जेठो सन्तानका रुपमा जन्मिएका सागर खड्का संगम लोक दोहोरीमा आफ्नो भबिस्य देखेका युवा गाएक हुन् । पहिलो गीत तिम्रो यादमा दिन काट्दैछु सात समुन्द्र पारि छु पियारी सुख दुख फोनमा साट्दैछु । संगमले रचना गरेको पहिलो गीत हो संगमका करिव एक दर्जन गीतहरु छन् सगंमको पहिलो सिर्जना तिम्रो यादमा दिन काट्दैछु राम्रै चल्यौ संगमले गायको र आफैँ लए शब्द लेखेको गीत बुझ्नलाई गारो भो अरबीको कुरा यो गीत निकै चल्याै । पनि सागर संगमलाई यो गीतले चिनायो पनि ।
संगम २०७१ सालदेखी निरन्तर गीत संगीमा छन् । संगमका तिम्रै यादमा दिन काट्दै छु, बुझ्नलाई गारो भो, बिगार्यो फेसबुक र भिडियो कलले, बिगे्रको छ बानी, मत मुग्लान आछु, हाय हाय मंगले, नाचौ गाँउ भेटभाको बेलैमा, यु एस बी जोडेर, दशै तिहार आउदा, र राष्ट्रिय गीत गर्भ सँग भन्न पाँउ नेपाल नेपाल लगाएतका गीतहरु चर्चामा रहेका छन् ।
मोहित मुनाल
२०६८ सालमा नेपाली आकाशमा कतै हरायौकी बोलको गीत गुन्जियो । उक्त गुन्जिएको गीतमा आवाज रहेको थियो मोहित मुनालको । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका बाँगी ५ आरुखोरमा २०५० साल असार २२ गते जन्मिएका मोहित मुनालका तिन दर्जन आफैले गायका गीतहरु छन् भने करिब ४० भन्दा धेरै गीतहरु रचना गरेका छन् ।
मुनाललाई सांगेतिक यात्रामा आई हेट लभ बोलको गीतले थप चिनायो उनले गायकोे गाईका खुर लर्के गीत निकै चल्यौ । हाम्रो भेट न भाको धेरै धेरै भो गीतलेपनि चर्चा कमायो मोहिन मुनाल अर्घाखाँचीको लोकतारा समेत हुन् । मुनालका हाम्रो भेट नभाको, मायाँले दुनिया भुलायो छिन छ पोते छिन्दैन मायाँ जाल, झलल सलल , सालको पात टपरी गासेर गीतहरु निकै चलेका गीतहरु हुन् ।
दामोदर भुसाल
२०४८ साल कार्तिक ५ गते अर्घाखाँचीको मालारानी गाउँपालिका ५ बज्जेरीमा जन्मिएका दामोदर भुसाल बिबश लोक सँगितमा आफ्नो भबिष्य देखेका युवा गायक हुन ।
भुसाल मन्दिरको देउतालाई पुज्दै पुज्दैन बोलको लोक दोहोरी गीत बाट सँगीतको यात्रा थालेकाहुन् उनको अर्घाखाँचिका पर्यटकिय स्थलहरु चिनाउने अर्घाखाँचि सेरोफेरो नामक गीत निकालेर थप चर्चा कमाएका हुन् भुसाललाई अर्घाखाँची सेरोफेरो बोलको गीतले साँगेतिक उचाईमा पुर्याएको गीत हो ।
दर्जनौं छन कालकारिताका हस्ती
अर्घाखाँचीमा जन्मिएका हरिमाया रायमाझी र विशाल रायमाझी पनि लोक संगीतमा निकै चर्चित नाम हुन हरिमाया रायमाझी र विशाल रायमाझीले गायको नक्कले भिनाजु बोलको गीत निकै चल्यौ हरिमाया र विशाल रायमाझीको सांगेतिक उचाई नै बढाएको गीत हो नक्कले भिनाजु ।
यसका अलवा अर्घाखाँचीमा जन्मिएका अन्य दर्जनौं कलाकारहरु छन । जिवन परियार, कल्पना श्रीपाल, सीता गुरुङ, विजय सनम, मधुसूदन बन्जाडे, यमन खनाल वसन्त परियार, कमल खड्का, सुन्दर ढकाल, आर जे कुलेन्द्र बि क अभिनयमा सित्तल के सी, सन्तोष शर्मा लगायतका कलाकारहरु पनि लोक सँगीतमा होमिएका कलाकारहरु हुन् ।
लेखक कुँवर अर्घाखाँची मलारानी बाँगीका हुन् । उनी बुटवल स्थित रेडियो जागरणमा विगत १४ वर्षदेखि लोकगितको कार्यक्रम सञ्चालन गर्दै आएका छन् भने बुटवलमा १४ वर्षदेखि पत्रकारितामा क्रियाशिल छन ।