अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची डट्कमले कोरोना – लकडाउनका बेला अर्घाखाँची जिल्लाबाट विश्वभर रहेका जिल्लाबासीहरुको अवस्थाको बारेमा जानकारी लिन गरेको फारम विवरण अनुसार सबैभन्दा बढी नेपाल फर्कन चाहेको देखिएको छ ।
डट्कमले गत २०७७ वैशाख २८ गते आईताबारदेखि आज ज्येष्ठ ११ गते आईताबारसम्म लिएको फारम विवरण अनुसार खान-बस्नको समस्या भन्दा बढी नेपाल फर्कन चाहेको देखिएको हो ।
२३ हजार ८ सय ७६ जनाले भरेको फारम विवरणमा ४५ प्रतिशतले घर फर्कन चाहेको, ४० प्रतिशतले समस्या नपरेको र फर्कन नचाहेको, १३ प्रतिशतले लकडाउन – अवस्थ्या सामान्य भएपछि फर्कने ईच्छा रहेको र २ प्रतिशतले कामबाट निकालिदिएर खानबस्न समस्या परेको उल्लेख गरेका छन् ।
भारत, मलेसिया, युएई, कतार, यमन, इजरायल, टर्की, माल्दिप्स, बाङ्लादेश, अमेरिका, युरोप, जापान, अष्ट्रेलिया, अफ्रिकन मुलुक लगायतमा रहेका जिल्लाबासीले फारम विवरण भरेर पठाएका थिए ।
२ प्रतिशतले कामबाट निकालिदिएर खानबस्न समस्या परेकालाई अर्घाखाँचीडट्कमले स्थानिय नेपाली संघ – संस्थालाई अनुरोध गरेर सबै व्यवस्थ्या गरेर सहयोग गरेको छ ।
यस्तै ४५ प्रतिशतले घर फर्कन चाहेकोहरुको खानबस्न कुनै समस्या छैन् । तर त्यहाँ लकडाउनमा बस्न भन्दा अर्घाखाँची आफ्नै गाउँमा गएर बस्न खोजेको बताएका छन् । साथै ४० प्रतिशतले समस्या नपरेको र फर्कन नचाहेको बताएका छन् । ति मध्ये केहीले नियमित काममा फर्केको बताए ।
विश्वभरका जिल्लाबासीले अध्ययन, अध्यापन, व्यवसाय, जागिर सहित विभिन्न तहमा रहेर आफ्नो हैसियत उल्लेख गरेका छन् ।
उता फारम विवरण पठाउनेमा बढी भारतबाट सहभागी रहेका थिए । यस्तै खाडी मुलुकहरुबाट दोस्रो र २ जना मात्र फिन्ल्यान्डबाट सहभागीता भएका थिए ।