अर्घाखाँचीको पाली क्वारेन्टाइनमा रहेका २ जनामा काेराना पाेजिटिभ देखियो

अर्घाखाँचीडट्कम संवाददाता 
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  पाणिनी गाउँपालिका  वार्ड नं. ८ पालीकाे कमला मावि क्वारेन्टाइनमा रहेका २ जनामा काेराना पाेजिटिभ देखिएको छ ।  
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परिक्षणमा  १९ र ४३ बर्षका दुई पुरुषमा पीसीआर परीक्षण पाेजिटिभ  देखिएकाे हाे । 
पालीकाे कमला मावि क्वारेन्टाइनमा रहेकाहरुको नमूना स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएकोमा २ जनामा काेराना पाेजिटिभ आएको हो । 
उनिहरू दुबै जना जेठ २ गते भारतबाट आएका थिए । उनिहरूको जेठ ९ गते पिसीआर जाँचका लागी स्वाव परिक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको थियो ।  उनिहरू सगै क्वारेन्टाइनमा बसेका अन्य ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै दुबैजनाको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।  पाेजिटिभ देखिएका संक्रमितलाई सन्धिखर्क ल्याउने तयारी भएको बताएको छ । उता जिल्ला प्रशासनले पालीलाई सिल गर्ने तयारी गरेको बताइएको छ । 
अर्घाखाँची जिल्लामा पहिलोपटक कोराना संक्रमण देखिएको हो । 
पाणिनी गाउँपालिकामा १५०० शैयाको क्वारेन्टाइन निर्माण भएको छ । भारतबाट आएका १२५ जना क्वारेन्टाइनमा रहेका छन् । २ जना बाहेक अहिलेसम्म पिसिआर परिक्षण ८ जना, आरडिटी परिक्षण १२ जनाको गरीएको र सबैको नेगेटिभ आएको परिक्षण गरेकाहरु २० जनालाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको छ । 
अब भारतबाट १ हजार जति पाणिनीबासीलाई ल्याउने पहल गरीएको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो ।
अर्घाखाँचीमा किटको अभाव 
अर्घाखाँची जिल्लाका कतिपय स्‍थानीय तहहरूमा किटको अभाव हुँदा क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी र पिसिआर जाँच गर्न सकिएको छ‌ैन। 
क्वारेन्टाइनमा बसेको १८, १९ दिन हुँदासमेत किटको अभावमा आरटिडी ,पिसिआर जाँच गर्न नसकिएको भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले बताए। नगरले सीमापारि अलपत्र परेका नागरिकलाई घर ल्याउन मासिक भाडा तिरेर एउटा बस संचालनमा ल्याईएको उनले बताए।
अहिलेसम्म जिल्लाभरि १ सय २५ जनाको आरडिटी र १ सय ८८ जनाको पिसिआर जाँच गरिएको छ।  किटको अभावमा जाँचको संख्या कम भएको स्थानीय तहहरूले जनाएका छन्। आइतबार पनि जिल्ला  सीमापारिबाट जिल्लाा भित्रिनेक्रम जारी छ। ठूलो संख्यामा जिल्लाका ६ ओटै स्थानियतहमा सिमापारी अलपत्र परेका नागरिकलाई ल्याइने स्‍थानीय तहहरूले जनाएका छन्। यस अघि जिल्लाका मालारानी , सन्धिखर्क, भुमिकास्थान ,पाणिनी ,छत्रदेव नगर तथा गाँउ पालीकाहरूले नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेका आफ्ना नागरिकहरूलाई गाँउ फर्काउदै गर्दा शितगंगा नगरपालीकाले बेलैमा चासो दिन सकेन । पछिल्लो समय शितगंगा बाट रोजगारीका लागी भारत पुगेका नागरिकको चर्को बिरोध र बिभिन्न संचारमाध्यम बाट समाचार लगातार प्रसारण भएपछि गत सुक्रबार बसेको नगरकार्य समितीको बैठकले सिमापारी अलपत्र परेका नागरिकलाई नगरपालीकाले भाडा तिरेर ल्याउने निर्णय गरेको हो । 
अरू पालीकाले जस्तै यस अघिनै नगरले भारतमा जागिर छोडेर अलपत्र परेका नागरिकलाई ल्याउने प्रयास गरेको भए उनिहरूले लामो समय सम्म सास्ती खेप्नु पर्ने थिएन । अरू पालीकाको सिको गर्दै ढिलै भएपनि नगरपालीकाले चालेको यो कदम उपयुक्त छ । नागरिकले जनप्रतिनिधि भएको महसुस गरेका छन् । 

अन्य समाचारहरु