अर्घाखाँचीका २जना काेराना संक्रमित ठाडा-घुम्ति एम्बुलेन्समा गई पुनःहिंडेर पाली पुगेका थिए

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  पाणिनी गाउँपालिका  वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका २ जना भारतको उत्तर प्रदेश रायबरेलीबाट ठाडासम्म पैदल हिँडेर आएका र ठाडादेखि घुम्तिसम्म एम्बुलेन्समा गई पुनः पैदलै हिंडेर पाली पुगेका थिए।
संक्रमित १९ र ४३ वर्षीय दुईजना पुरुषहरु उत्तर प्रदेश रायबरेलीबाट कपिलवस्तुको कृष्णनगर नाका हुँदै पैदल हिँडेर ठाडामा गत जेठ २ गते आएका थिए । सोही दिन ठाडादेखि घुम्तिसम्म एम्बुलेन्समा गई पुनः पैदलै हिंडेर पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा बस्न पुगेका थिए । उनिहरु दुबै जना रायबरेलीबाटै चार दिनको पैदलयात्रा गरी अर्घाखाँची आएका थिए । पाँच जनाको समूहमा रायबरेलीबाट ठाडासम्म पैदल हिँडेर आएका थिए ।  
पालीकाे कमला मावि क्वारेन्टाइनमा रहेका २ जनामा सोमबार साँझ कोरोना पुष्टि भएको हो। गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले डट्कमलाई बताए अन्सुआर ती संक्रमितलाई आज क्वारेन्टाइनमै छुट्टै कोठामा राखिएको छ। संक्रमित २ जनालाई मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा रहेको आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।    
भारतबाट उनिहरुसँगै आएर क्वारेन्टाईनको एउटै कोठामा बसेका अरु तीन जनामा भने रिपोर्ट नेगेटिभ आएको छ। उक्त क्वारेन्टाइनमा १२ जना रहेपनि सातजना तीन दिन अघि मात्र आएकोले उनीहरुको रिपोर्ट अझै आई नपुगेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।  
निहरूको जेठ ९ गते पिसीआर जाँचका लागी स्वाव परिक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको थियो । 
पाणिनी गाउँपालिकाका विभिन्न स्थानमा बनाइएका ३० वटा क्वारेन्टाईनमा सोमबार साँझसम्म १ सय ८२ जना भारतका विभिन्न स्थानबाट फर्केकाहरु बस्दै आएका छन्।
यस्तै दुबैजनाको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।  अर्घाखाँची जिल्लामा पहिलोपटक कोराना संक्रमण देखिएको हो । 
पाणिनी गाउँपालिकामा १५०० शैयाको क्वारेन्टाइन निर्माण भएको छ ।  २ जना बाहेक अहिलेसम्म पिसिआर परिक्षण ८ जना, आरडिटी परिक्षण १२ जनाको गरीएको र सबैको नेगेटिभ आएको परिक्षण गरेकाहरु २० जनालाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको छ । 
अब भारतबाट १ हजार जति पाणिनीबासीलाई ल्याउने पहल गरीएको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो ।

अन्य समाचारहरु