अर्घाखाँचीमा ४० सैयाकाे आईसाेलेशन कक्ष २४ घण्टामा निर्माण गरिदै

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ४० सैयाकाे आईसाेलेशन कक्ष एकै दिनमा निर्माण गरिने भएकाे छ ।
अर्घाखाँची जिल्ला अस्पतालमा स्वाब संकलनको लागि एटियम बुथ (तस्बिर सहित)
पाणिनी गाउँपालिका  वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका २ जनालाई काेराना पाेजिटिभ देखिएपछि आकस्मिक २४ घण्टा भित्र नै ४० सैयाकाे आईसाेलेशन कक्ष निर्माण गर्न लागिएको हो । उक्त निर्यण स्वास्थ्य क्षेत्रका सहितको सर्वपक्षिय बैठकले सोमबार राती गरेको हो । 
रेडक्रस साेसाईटी अर्घाखाँचीका अध्यक्ष कुशल भुसालका अनुसार वैठकले जिल्लामा काेराेना संक्रमणलाई नियन्त्रण बाहिर जान नदिन विशेष पहल थाल्ने निर्णय गरेकाे छ । 
यस्तै संक्रमित दुवैजनाकाे निगरानी (कन्ट्याक ट्रेसिङ) समेत गरिने भएको छ । 
उता पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका २ जनालाई आईसाेलेशन कक्षमा राखेर उपचार गर्न जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याइने भएको छ ।
पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका १९ र ४३ बर्षका दुई पुरुषलाई आईसाेलेशन कक्षमा राखेर उपचार गर्न मंगलवार एम्बुलेन्सबाट जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइने भएको हो ।  उनिहरुलाई  सोमबार राती नै ल्याउने तयारी भएपनि अन्तत मंगलवार ल्याईने भएको हो ।  
अर्घाखाँची अस्पताल प्रमुख डा.कपिल गाैतमले बताए अनुसार संक्रमित २ जनालाई जिल्ला अस्पताल अर्घाखाँचीमा तयार पारीएको आईसाेलेशन कक्षमा राखेर उपचार गरिने भएको छ । 

अन्य समाचारहरु