अर्घाखाँचीमा १ सातामा भारतबाट २१ सय ३४ जना भित्रिए, सबैलाई क्वारेन्टाइनमा व्यवस्थापना

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँचीमा पछिल्लो १ सातामा भारत तथा छिमेकी जिल्लाबाट आउनेको संख्या २ हजार १ सय ३४ पुगेको छ । रोजगारीको सिलसिलामा भारत गएका नागरिक कोरोनाको उच्च जोखिम भएसँगै धमाधम गृह जिल्ला फर्किन थालेका छन् । 
भारतका विभिन्न स्थानबाट कृष्णनगर र बेलहिया नाका हुँदै मंगलबार एकै दिन पाँच सय १२ जना जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले बताए । 
पछिल्लो एक सातामा सन्धिखर्क नगरपालिकाका ३ सय १ जना, भूमिकास्थान नगरपालिकाका ५ सय ६४  जना, शितगंगा नगरपालिकाका ४ सय ६७ जना, पाणिनी गाउँपालिकाका  १ सय ९६ जना, मालारानी गाउँपालिकाका ३ सय ९८  जना र छत्रदेव गाउँपालिकामा १ सय ८  जना गरी २ हजार १ सय ३४ जना  जिल्ला भित्रिएका हुन् ।  
जिल्लाका ६ स्थानीय सरकारले बनाएको एक सय ३२ स्थलका क्वारेन्टाइनमा सबै २१ सय ३४ जनालाई राखिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

अन्य समाचारहरु