अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट ७५ वर्षिया वृद्धा बेपत्ता हुनुभएको छ ।
मालारानी गाउँपालिका वार्ड नम्बर ६ हंसपुर साकिन्धाराकी ७५ वर्षिया मनकला थापा सन्धिखर्कको बैंकरोडमा रहेको एसबिआई बैंक अगाडीबाट मंगलवार हराउनुभएको हो ।
नेपाल एसबिआई बैंकको शाखा कार्यालय सन्धिखर्कमा भारतीय पेन्सन बुझ्न बुहारी तारा घर्तीसँग आउनुभएकी राना मंगलवार दिउँसो १ः४५ बजे सन्धिखर्क बैंकरोडबाट हराउनु भएको हो । सासुआमासँगै पेन्सन बुझेर आफु नआञ्जेल बैंकसँग सटेको घरको पेटीमा बस्न भनि म घरको लागि केही सामान किन्न बजार गएकी थिए, तारा घर्तीले भन्नुभयोः “फर्किएर सोही ठाउँमा आएर खोज्दा उहाँलाई देखिन ।”
ढाकाको चोलो, कालो गुलावी छिर्केमिर्के रङ्गको साडी लगाउनु भएको, बोल्न खासै नसक्ने, एक्लै बोलीरहने उहाँलाई सन्धिखर्क र चुत्रावेसि बजारमा खोजी गर्दा पनि नभेटिदा उहाँको परिवार चिन्तित बनेको छ । उहाँलाई बजार, आफन्त, छर–छिमेकीकोमा सोध्दा नभेटिएकाले उहाँलाई जो कसैले देखेमा परिवार तथा नजिकैको प्रहरी चौकीमा खवर गरिदिन उहाँको बुहारी तारा घर्तीले अनुरोध गर्नुभयो ।