अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेकाे युवावर्ष रविचित्र माविमा आईसाेलेशन निर्माण गरि काेराना संक्रमितकाे उपचार गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारी विजय राज पाैडेलकाे अध्यक्षतामा राजनीतिक दलका प्रमुख, स्थानिय निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख सर्वपक्षीय बैठकले सिमानाकमा अलपत्र परेका नागरिकलाई विहान ५ बजे देखि बेलुका ५ बजे मात्र अनुमति दिने, विभिन्न स्थानबाट आउने नागरिकलाई स्थानीय क्वारेन्टाइनमा राख्ने लगायतका निर्णय गरेको छ ।
यस्तै क्वारेन्टाईनमा रहेका र फन्टलाईनका रहेका व्यत्तिकाे पिसिआर चेक गर्नकाे लागि केन्द्रीय र प्रदेश सिसिएमसिमा कीट माग गर्ने, काेभिड १९ संक्रमण राेकथाम तथा नियन्त्रण लागि स्वास्थ्य साम्रग्री उपलब्ध गराउने सबैलाई धन्यवाद दिदै थप स्वास्थ्य साम्रगी उपलव्ध गराउन संघ, प्रदेश सरकारलाई अनुराेध गर्ने, काेराना भाईरस परीक्षण गर्न जनस्वास्थ्य प्रयाेगशाला स्थापनाकाे लागि सामाजिक मन्त्रालय प्रदेश ५ मा अनुराेध गर्ने निर्णय भएकाे छ ।