वाङ्लामा निर्धन उत्थान लघुवित्त सन्धिखर्क शाखाद्वारा छात्रवृत्ति वितरण

झबिन भण्डारी 
 सन्धिखर्क,  अर्घाखाँची । निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय अर्घाखाँची सन्धिखर्क शाखाले आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिका ४ वाङ्ला स्थित आफ्नो समूह सदस्यहरु का छोराछोरी मध्येबाट २०७६ मा उत्कृष्ट नम्बर ल्याएर प्रबिणता तह उत्तीर्ण हुने छात्रा सन्दिपा रानालाई छात्रवृत्ति रकम बितरण गरेको छ।
सस्थापक अध्यक्ष स्वर्गीय डा. हरिहर देव पन्त स्मृती अन्तर्गत दिइने पुस्कार प्रत्येक बर्ष देशमा रहेका आफ्ना सम्पुर्ण शाखा कार्यालयमा आबद्द हुने समूह सदस्यका छोरा छोरी मध्यबाट उत्कृष्ट नतिजा लिएर प्रबिणता उत्तिण गरेको एक छात्र र एक छात्रालाई बितरण गरिन्छ।
छात्रवृत्ति कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ र शाखा कार्यालय सन्धिखर्कका शाखा प्रमुख शखरकान्त न्यौपानेले सयुत्त रुपमा रु. ६ हजार नगद र प्रमाण पत्र हस्तान्तरण गरेका छन।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा समेत सस्थाले यसैगरी कार्य गर्दै जेहेन्दार बिद्यार्थीलाई उत्प्रेरित गराउदै लानुपर्ने यसले समग्र बित्तिय सस्थाको राम्रो छाप पर्ने बताए। शाखा प्रमुख शकरकान्त न्यौपाने, वरिष्ठ कर्जा अधिकृत चन्द्रबदन मिश्र र कर्जा अधिकृत प्रेमराज जैसी लगायतले आफ्ना कुरा राख्दै । निर्धन उत्थान बैक सधै भरी सदस्य कै साथमा रहिरहने र आगामी दिनहरुमा समेत यसैगरी काम अगाडि बढाउने प्रतिबद्धता ब्यत्त गरे।कार्यक्रमको सहजिकरण वरिष्ठ कर्जा अधिकृत मिश्रले गरेका थिए।

अन्य समाचारहरु