अर्घाखाँचीका यातायात ब्यबसायीले सिमानाबाट आउने यात्रुहरुसँग बढी भाडा नलिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जिल्लाका यातायात ब्यबसायीहरुसँग छलफल गर्नु भएको छ । 
यातायात ब्यबस्थापन सिमानाबाट यात्रुहरु सहज ढगले ल्याउने सम्बन्धी बिषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानाकारी दिनु भयो ।
यस बिषम परिस्थितिमा यात्रुहरुलाई सुरक्षित ल्याउने बढी भाडा नलिने, महामारीमा सकारात्मक सोचका साथ सहयोग गर्ने बारे समझदारी भएको साहयक प्रजिअ बिक्रम थापाले बताउनु भयो ।
बैठकमा पश्चिम नेपाल बस प्रालिका कमल भट्टराई लङका यातायात प्रालिका अध्यक्ष कृस्न बहादुर भुसाल देउराली यातायात प्रालिका अध्यक्ष योगेन्द्र बहादुर खड्का लगायतका ब्यबसायीहरुसँग छलफल भएको थियोे ।

अन्य समाचारहरु