चुत्राबेसीको बिपिन फार्मेसीले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरायो

सुर्य भुसाल भुसाल
सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीमा रहेको बिपिन फार्मेसीले आफ्ना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको कोरोना भाइरस १९ कोभिड बीमा गराएक‍ो छ । 
अहिले  कोरोना बिमा गर्नेको संख्या निकै बढिरहेको छ ।  फार्मेसीले आफ्नो फार्मेसीमा  कार्यरत स्वास्थ्यकर्मीहरुको कोरोना भाइरस बीमा गराएको पछि कर्मचारी हर्सित छन् ।
पछिल्लो समय नेपालको तराई क्षेत्रमा तथा पहाडी क्षेत्रमा  कोरोना संक्रमणको अवस्था फैलदै गएपछि फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मीहरुको कोरोना भाइरस बीमा गरिएको  फार्मेसीका सन्चालक सुर्य थापाले अर्घाखाँचीडट्कमलाई  जानकारी दिनु भयो । 
उहाँले स्वास्थ्यकर्मीहरु फ्रन्टलाईनमा रहेर सेवा दिइरहेको अवस्थामा उनीहरुमा पनि संक्रमणको जोखिम उच्च रहेको हुदाँ कोरोना बीमा गरिएको बताउनु भयो । 
 
कर्मचारीहरुको जनही एक लाख बीमा रकम पाउने गरी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको अर्घाखाची स्थित शाखाबाट बीमा गरेको इन्स्योरेन्सका अर्घाखाँची शाखा प्रमुख युवा ब्यबसायी सफल उधमी  लक्ष्मण के.सीले जानकारी दिनु भयो । 
गत बैशाख ७ गते देखी नेपालमा संचालीत बीमा कम्पनीहरुले १ लाख र पचास हजार रुपैयाको कोरोना बीमा गर्दै आएका छन् भने शिखर ईन्सुरेन्समा बिमा गर्नेको संख्या निकै धेरै छ । एक लाखको बीमा गर्दा जनही १००० र पारिवारीक एवं संस्थागत गर्दा  ६०० रुपैयाका दरले गर्न सकिने र पचास हजारको जनही ५०० र पारिवारीक तथा सस्थागत बीमा गर्दा ३०० रुपैयाका दरले बीमा गर्न सकिने गरि सुविधा दिईएको शिखर अर्घाखाँचीका प्रमुख लक्ष्मण केसीले जानकारी दिनु भयो । 
कोरोना बीमा अन्तर्गत  बीमीतले बीमा गरेको १५ दिन पश्चात कोरोना संक्रमण पुष्टि भएमा –पिसिआर रिपोर्ट पोजेटिभ भएमा बीमीतलाई तत्कालै भुत्तानीको प्रावधान रहेको समेत  के.सीले बताउनु भयो । छोटो समयमा बिश्वनियता कमाउन सफल शिखर ईन्सुरेन्स अर्घाखाँचीले बिमितको मन जित्दै गएको छ ।

अन्य समाचारहरु