अर्घाखाँचीमा अहिलेसम्म २७८ जनाको आरडीटी, २०० जनाको पिसीआर परिक्षण गरियो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका स्थानिय तहका क्वारेन्टाइनमा बसेका मध्ये अहिलेसम्म २७८ जनाको कोरोना  र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण भएको छ । यस्तै जिल्लामा २०० जनाको कोरोना पिसीआर परिक्षण गरिएको छ ।  
जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार २७८ आरडीटी परिक्षण भएको हो । गत वैशाख १६ गते मंगलवार परिक्षणमा भूमिकास्थानकाका १ जना मात्र आरडीटी पोजेटिभ आएको थियो । र पछि बैशाख १७ गते बुधवार पिसिआर नेगेटिभ आएको थियो ।
यस्तै जिल्लामा कोरोना पिसीआर परिक्षण गरिएका २०० जना मध्ये २ जनाको पोजेटिभ आएको छ भने १६९ जनाको नेगेटिभ आएको छ । बाँकीको रिपोर्ट अझै आएको छैन् । 
साथै पालीका २ जना संक्रमितको संपर्कमा आएका स्वास्थ्यकर्मी र क्वारेन्टाईनमा रहेका २० जनाको पिसीआर टेस्टको लागि स्वाब परिक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको पनि जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँची बताएको छ ।      

अन्य समाचारहरु