अर्घाखाँचीका ६ स्थानिय तहका क्वारेन्टाइनमा ३,४५३ जना व्यवस्थापना,२४ घण्टामा ९९ जना थापिए

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ स्थानिय तहका क्वारेन्टाइनमा ३ हजार ४ सय ५३ जना रहेका छन् । 
जिल्लाको सन्धिखर्कका क्वारेन्टाइनमा ५१२, शितगंगा नगरपालिकाका क्वारेन्टाइनमा ८०२ भुमिकास्थानका क्वारेन्टाइनमा ८७१ छत्रदेवका क्वारेन्टाइनमा २३२, मालारानीका क्वारेन्टाइनमा ६६३, पाणिनीका क्वारेन्टाइनमा ३७३ र सन्धिखर्कको हटारी  आईसाेलेशनमा पालिका २ जना रहेका छन् । 
यस्तै जिल्लाको सन्धिखर्कमा क्वारेन्टाइनको संख्या १६, शितगंगामा ५३, भुमिकास्थानमा ३३, मालारानीमा २१, छत्रदेवमा १६ र पाणिनीमा २३  गरी १५०  क्वारेन्टाइन स्थल रहेका छन् ।  यस्तै जिल्लाभरका १५० स्थलमा ३ हजार ५ सय ६४ सैया रहेका छन् । 
साथै  सन्धिखर्कको हटारीनेटामा ४५ सैयाकाे आईसाेलेशन कक्ष निर्माण गरिएकाे छ ।  जिल्लामा पछिल्लो समय भारतबाट आउनेको संख्या बढेको छ। जिल्लाभर हिजो शुक्रबारदेखि अजा शनिबार अपरान्ह ३ बजेसम्म ९९ जना थापिएका छन् ।  

अन्य समाचारहरु