अर्घाखाँचीमा कांग्रेसद्वारा क्वारेन्टाइनमा रहेको यथाशिघ्र स्वाव परीक्षण गर्न माग

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची जेष्ठ -१८ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेसले क्वारेन्टाइनमा रहेका स्थानियबासीलाई यथाशिघ्र स्वाव परीक्षण गर्न माग गरेको छ । 
आईतबार कांग्रेस जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले जारी गरेको बिज्ञप्तीमा  क्वारेन्टाइनमा रहेका स्थानियबासीलाई यथाशिघ्र स्वाव परीक्षण गर्न माग गरेको हो ।
जिल्लाका कतिपय स्‍थानीय तहहरूमा किटको अभाव हुँदा क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी र पिसिआर जाँच गर्न सकिएको छ‌ैन। 
क्वारेन्टाइनमा बसेको १८, १९ दिन हुँदासमेत किटको अभावमा आरटिडी ,पिसिआर जाँच गर्न नसकिएको स्थानिय प्रतिनिधिहरुले बताउदै आएका छन् । 

अन्य समाचारहरु