अर्घाखाँचीमा तरकारी नष्ट गरेपछि कपिलबस्तुका जनप्रतिनिधी,किसान आक्रोशित, अर्घाखाँचीमा निर्यात बन्द गर्ने

अर्घाखाँचीडट्कम संवादाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा कोरोना संक्रमित जिल्ला कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरेपछि कपिलबस्तुका जनप्रतिनिधी, किसानहरु आक्रोशित भएका छन् ।
कोरोना संक्रमित जिल्ला कपिवस्तुबाट ल्याईएको तरकारी सदरमुकाम सन्धिखर्कको  डम्पिङ साइड आटिकापाटा र फुदवाङको बिचमा पर्ने अउलाखोलामा  नष्ट गरेपछि कपिलबस्तुका जनप्रतिनिधी, किसानहरु आक्रोशित भएका हुन् ।
 
कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले आफ्नो नगरपालिकाका किसानले उत्पादन गरेको तरकारी अर्घाखाँचीको डम्पिङ साइटमा फालिएको विषयले आफु स्तब्ध बनेको बताउनुभएको छ । यो कुरा मायादेवी अनलाइनबाट आफुले थाहा पाएको र अरु बुज्ने प्रयास गरिरहेको भन्दै जे सुनियो त्यो लज्जाको विषय रहेको प्रतिक्रिया दिनुभयो ।
मायादेवी अनलाइनसंग कुराकानी गर्दै नगर प्रमुख श्रेष्ठले तरकारीमा कोरोना देख्नेले चामल र अन्य खाद्यान्नमा किन देख्दैनन भन्दै प्रश्न गर्नुभयो । ‘तरकारी फालिएको जुन कुरा सुने म दुखित भएको छु । किसानले दुखजिलो गरेर उत्पादन गरेको तरकारी फाल्ने कस्तो प्रकारको कदम हो ? तरकारीबाट कोरोना सर्छ र भन्या ? उहाँले थप्नुभयो, ‘कपिलवस्तुबाट धमाधम चामल लगायतका खाद्यान्न त गएको गई छ त ? त्यसमा कोरोना किन देखिदैन ?’
कपिलवस्तुबाट चामल लैजाने तर ताजा तरकारी फाल्ने क्रियाकलाप एकदमै गलत भएको बताउनुभयो ।
भारतका आलु, प्यास खान सक्ने, कपिलवस्तुबाट चामल लैजाने तर तरकारी डम्पिङमा फाल्ने क्रियाकलाप आपत्तिजनक रहेको बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठले आफुले यो विषयमा अझै बुझेर भन्ने पनि बताउनुभयो । ‘म यो विषयमा किसानसंग बुज्दैछु, मलाई योबारे कसैले केहि भनेको छैन, उहाँले भन्नुभयो, ‘सन्धिखर्कका मेयरसंगपनि यो विषयमा थप बुज्छु ।’
भिडियोमा बर्दीधारी प्रहरीकै संलग्नता हुनुलाई पनि आफुले आश्चर्यमा हेरेको बताउनुभयो । ‘कस्तो प्रकारको प्रहरी प्रशासन हो ? तरकारीमा कोरोना लाग्छ भन्दै आफै संलग्न भएर डम्पिङमा फाल्नु ? उहाँले प्रश्न गर्नुभयो ।’
बुद्धभूमिको धनकौली तरकारीको पकेट क्षेत्र हो । यहाँको सिंगो गाउँ तरकारी खेतीमा आश्रित रहदै आएको छ । यहाँका किसानको मुख्य बजार अर्घाखाँची रहदै आएको छ । लकडाउन यता यहाँका किसान तरकारी बेच्न नपाएर मर्कामा पर्दै आएका छन् ।
कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरेको समाचार अर्घाखाँचीडट्कममा प्रकासित भएपछि सामाजिक संजालहरुमा चर्को आलोचना भएतापनि प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बाहिर जिल्लाबाट तरकारी ल्याउन राेकिईकाे,  कडा निगरानी गरिएको र तरकारी नष्ट नगर्ने तरकारी जस्तो थियोे त्यस्तै फिर्ता गर्न आग्रह गरेको बताउनुभएको छ ।
यस्तै बिक्रीवितरणको लागि तरकारी ल्याउने व्यापारी किशोर बानियाँले दिउसाेमा चेकिङ गर्दै —दिउसाे सन्धिखर्कमा तरकारी ल्याएकाे हाे । केही बेचियाे बाँकी स्टाेरमा रहेको बताए ।
उता ठाडा ईलाका प्रहरीले सन्धिखर्क – गोरुसिङेको सडकबाट तरकारी नभित्रिएको बताएको छ ।
सन्धिखर्कमा बिगत लामो समय देखि खाद्यान्न तथा तरकारी फलफूलहरु बिक्रीवितरण गर्दै आइरहेको पुस्पा स्टोरका संचालक किशोर बानियाँले छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभुमी नगरपालिका वार्ड न. १० बाट बिक्रीवितरणको लागि ल्याइएको ५० हजार मुल्य बराबरको  हरियो तरकारीहरु कोरोना संक्रमण हुन सक्ने भन्दै आईतबार दिउसो नस्ट गरिएको थियो ।
कपिलवस्तुबाट बिक्रीवितरणको लागि ल्याइएको बोडी ५० किलो , करेला ५० किलो, खुर्सानी ५० किलो , लौका १०० किलो, टमाटर ३०० किलो, घिरौला ५० किलो, भेन्डी ५० किलो प्रशासनको इजाजत बिना ल्याइएको र हरियो तरकारीमा कोरोना संक्रमण हुन सक्छ भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निर्देशनमा खटिएको प्रहरी टोलीले सदरमुकामको डम्पिङ साइड अउलाखोलामा लगेर नस्ट गरेको थियो ।
यसअघि जिल्लामा बसेको सर्वदलिय सर्बपक्षिय बैठकले कोरोना संक्रमित जिल्लाबाट तरकारी ल्याउँन नपाईने निर्णय गरिएको थियो । तर पनि प्रहरीले चेकजाँच राम्रो नगरेर यो घटना भएको बताइएको छ ।
रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारतमा गएका हाम्रा दाजु,भाइ तथा दिदी बैनीहरु आ-आफ्नो घरमा फर्कने र उहाँहरु स्थानीयतहको विभिन्न पालिकामा निर्माण गरिएका करेन्टाइनमा बसि रहेको बेला थप संक्रमण जोखिम नफैलियो भन्दै हरियो तरकारीलाई नस्ट गरिएको बताइएको छ।
हाल जिल्लामा अन्य खाद्यान्न तथा बिकास निर्माणमा प्रयोग हुने सामाग्री तथा इकुपमेन्टहरुलाई भने यथाबत रुपमा भित्राइएको छ।
अहिले जिल्लाका ६ वटा स्थानीय तह हरुमा ३४५३ जना करेन्टाइनमा र कोरोना पोजेटिभ २ जनालाई आइसोलेशनमा राखी उपचार गरिएको छ ।
जिल्लाका केही स्थानीयतहहरुले कोरोना परिक्षणको लागि कीटहरु खरिद गर्ने समेत निर्णय गरिसकेका छन् ।

अन्य समाचारहरु