अर्घाखाँचीको ईतिहासमा पहिलो पटक सिडियोले प्रहरीसँग स्पष्टीकरण मागे

अर्घाखाँचीडट्कम संवादाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा कोरोना संक्रमित जिल्ला कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरेपछि प्रहरी प्रशासनको चर्को आलोचना तथा कपिलबस्तुका जनप्रतिनिधी, किसानहरु आक्रोशित भएका छन् ।
कोरोना संक्रमित जिल्ला कपिवस्तुबाट ल्याईएको तरकारी सदरमुकाम सन्धिखर्कको  डम्पिङ साइड आटिकापाटा र फुदवाङको बिचमा पर्ने अउलाखोलामा प्रहरी टोलीले नष्ट गरेपछि प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीसँग स्पष्टीकरण मागेका छन् ।
प्रजिअ पौडेलले प्रहरीले मनोमानी रुपमा नष्ट गरेपछि स्पष्टीकरण मागेका हुन् । प्रहरीले आफु खुसि गरेकाले तत्काल स्पष्टीकरण मागिएको पौडेलले बताउनुभयो ।
कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरेको समाचार अर्घाखाँचीडट्कममा प्रकासित भएलगतै प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बाहिर जिल्लाबाट तरकारी ल्याउन राेकिएको,  कडा निगरानी गरिएको र तरकारी नष्ट नगर्ने तरकारी जस्तो थियोे त्यस्तै फिर्ता गर्न आग्रह गरेको बताउनुभएको थियो । तरकारी फिर्ता गर्न आफूले नै भनेको भएता पनि तरकारी फ्याक्न नभनेको पौडेलको दावी छ ।
अर्घाखाँची जिल्लाको ईतिहासमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बीच अविश्वास पैदा भई,  प्रहरीले आफु खुशी मनोमानी गरेपछि सिडियोले प्रहरीसँग स्पष्टीकरण मागेको पहिलो घटना हो । प्रहरीले प्रमुख जिल्ला अधिकारीको आग्रहलाई बेवास्ता गर्दै आएपछि र यो तरकारी घटनासँगै प्रहरी र प्रशासन बीच अविश्वास पैदा भएको देखिन्छ ।  अर्घाखाँची जिल्लामा अहिलेसम्म प्रहरी र प्रशासनबीच असमाझदारी रहेको देखिएको थिएन् । 
तरकारी नष्ट गरेपछि सामाजिक संजालमा प्रमुख जिल्ला अधिकारीको चर्को आलोचना भएको छ । भने कपिलबस्तुका जनप्रतिनिधी, किसानहरु आक्रोशित भएका छन् । उनिहरुले अर्घाखाँचीमा निर्यात बन्द गर्ने समेत चेतावनी दिएका छन् ।
उता यस्तै बिक्रीवितरणको लागि तरकारी ल्याउने व्यापारी किशोर बानियाँले दिउसाेमा चेकिङ गर्दै —दिउसाे सन्धिखर्कमा तरकारी ल्याएकाे हाे । केही बेचियाे बाँकी स्टाेरमा रहेको बताए ।
उता ठाडा ईलाका प्रहरीले सन्धिखर्क – गोरुसिङेको सडकबाट तरकारी नभित्रिएको बताएको छ ।
सन्धिखर्कमा बिगत लामो समय देखि खाद्यान्न तथा तरकारी फलफूलहरु बिक्रीवितरण गर्दै आइरहेको पुस्पा स्टोरका संचालक किशोर बानियाँले छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभुमी नगरपालिका वार्ड न. १० बाट बिक्रीवितरणको लागि ल्याइएको ५० हजार मुल्य बराबरको  हरियो तरकारीहरु कोरोना संक्रमण हुन सक्ने भन्दै आईतबार दिउसो नस्ट गरिएको थियो ।
कपिलवस्तुबाट बिक्रीवितरणको लागि ल्याइएको बोडी ५० किलो , करेला ५० किलो, खुर्सानी ५० किलो , लौका १०० किलो, टमाटर ३०० किलो, घिरौला ५० किलो, भेन्डी ५० किलो प्रशासनको इजाजत बिना ल्याइएको र हरियो तरकारीमा कोरोना संक्रमण हुन सक्छ भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निर्देशनमा खटिएको प्रहरी टोलीले सदरमुकामको डम्पिङ साइड अउलाखोलामा लगेर नस्ट गरेको थियो ।
यसअघि जिल्लामा बसेको सर्वदलिय सर्बपक्षिय बैठकले कोरोना संक्रमित जिल्लाबाट तरकारी ल्याउँन नपाईने निर्णय गरिएको थियो । तर पनि प्रहरीले चेकजाँच राम्रो नगरेर यो घटना भएको बताइएको छ ।
रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारतमा गएका हाम्रा दाजु,भाइ तथा दिदी बैनीहरु आ-आफ्नो घरमा फर्कने र उहाँहरु स्थानीयतहको विभिन्न पालिकामा निर्माण गरिएका करेन्टाइनमा बसि रहेको बेला थप संक्रमण जोखिम नफैलियो भन्दै हरियो तरकारीलाई नस्ट गरिएको बताइएको छ।
हाल जिल्लामा अन्य खाद्यान्न तथा बिकास निर्माणमा प्रयोग हुने सामाग्री तथा इकुपमेन्टहरुलाई भने यथाबत रुपमा भित्राइएको छ।
 

अन्य समाचारहरु